क्यानडा पहिले ब्याटिङ गर्दै

२०८१ जेष्ठ २५, शुक्रबार १९:५४

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा क्यानडाले पहिले ब्याटिङ गर्ने भएको छ ।

आयरल्यान्डका कप्तान पाउल स्ट्रलिङ्गले टस जितेर बलिङ रोजेका हुन् ।

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् भने, पहिलो जितको खोजीमा रहेका छन् ।

युरोप महादेश छनोटको शीर्ष दुईमा रहँदै विश्वकप खेल्दै गरेको आयरल्यान्ड पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अमेरिका महादेश छनोटको शीर्ष स्थानमा रहदै क्यानडा विश्वकप खेल्दैछ । पहिलो खेलमा क्यानडा सह-आयोजक अमेरिकासँग पराजित भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy