आयरल्यान्डमाथि भारतको सहज जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा भारतले आयरल्यान्डमाथि सहज जित हात पारेको छ ।

यस संस्करणको विश्वकपको पहिलो खेलमा जित निकाल्नेक्रममा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका ३ छक्काको सहयोगमा ५२ रन बनाउँदै रिटार्यट हर्ट भए । रिषभ पन्तले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाए । रिषभ पन्तले छक्का प्रहार गरेर खेल सकाएका थिए ।

आयरल्यान्डका लागि मार्क अडिर र बेन ह्वाइटले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड १६ औं ओभरको अन्तिम बलमा ९७ रन बनाउँदै अल आउट भएको थियो ।

आयरल्यान्डका लागि मार्क डिलेनीले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २६ रन बनाए । जोस लिटिलले १३ बलमा १४ रन बनाए । कुर्टिस क्याम्फेरले १२ तथा लुर्किन टुर्कलले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्याले तीन तथा जसप्रित बुमराह र अर्शदिप सिंहले समान दुई दुई विकेट लिए ।

जितका साथ भारत समूह ए को शीर्ष स्थानमा छ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]