आयरल्यान्डमाथि भारतको सहज जित

२०८१ जेष्ठ २३, बुधबार २३:०८

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा भारतले आयरल्यान्डमाथि सहज जित हात पारेको छ ।

यस संस्करणको विश्वकपको पहिलो खेलमा जित निकाल्नेक्रममा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ दशमलब २ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका ३ छक्काको सहयोगमा ५२ रन बनाउँदै रिटार्यट हर्ट भए । रिषभ पन्तले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाए । रिषभ पन्तले छक्का प्रहार गरेर खेल सकाएका थिए ।

आयरल्यान्डका लागि मार्क अडिर र बेन ह्वाइटले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड १६ औं ओभरको अन्तिम बलमा ९७ रन बनाउँदै अल आउट भएको थियो ।

आयरल्यान्डका लागि मार्क डिलेनीले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २६ रन बनाए । जोस लिटिलले १३ बलमा १४ रन बनाए । कुर्टिस क्याम्फेरले १२ तथा लुर्किन टुर्कलले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्याले तीन तथा जसप्रित बुमराह र अर्शदिप सिंहले समान दुई दुई विकेट लिए ।

जितका साथ भारत समूह ए को शीर्ष स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy