T20WC : नामिबिया सुपर-१२ चरणमा प्रवेश, आयरल्याण्ड पहिलो चरणबाटै बाहिर

जित्नैपर्ने खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै नामिबिया टि-ट्वान्टी विश्वकप २०२१ को सुपर-१२ चरण प्रवेश गरेको छ। पहिलो सहभागितामै नामिबिया दोश्रो चरण प्रवेश गर्न सफल भएको हो। आगामी वर्ष अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपमा समेत नामिबिया स्वतः छनोट भएको छ। नामिबिया पहिलो खेलमा श्रीलंकासंग पराजित भएपछि दोश्रो खेलमा नेदरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।

हारसंगै आयरल्याण्ड पहिलो चरणबाटै बाहिर भएको छ जसले पहिलो खेलमा नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेपछि दोश्रो खेलमा श्रीलंकासंग ७० रनको हार बेहोरेको थियो। समुह ‘ए’ बाट यस अघिनै दुवै खेल जित्दै श्रीलंकाले सुपर-१२ चरणमा स्थान पक्का गरिसकेको थियो भने नेदरल्याण्ड बाहिर बहिसकेको छ। आज हुने नेदरल्याण्ड र श्रीलंका बीचको खेल पछि समुहको विजेता र उपविजेता टिम तय हुनेछ। समुह ‘बि’ बाट स्कटल्याण्ड र बंगलादेश विजेता र उपविजेताको रुपमा सुपर-१२ पुगीसकेको छ।

युएईको शारजाह क्रिकेट मैदानमा आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य नामिबियाले ९ बल बाँकी रहँदै २ विकेट क्षेतीमा पुरा गर्यो। उसको लागि कप्तान गेरार्ड इरास्मसले अविजित ५३ रन बनाए जुन क्रममा ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै डेभिड विजेले १४ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २८ रन बनए। जेन ग्रिनले २४ तथा क्रेग विलियम्सले १५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर क्रेग विलियम्स र जेन ग्रिनले २५ रनको साझेदारी गरे। छैठौं ओभरमा विलियम्स आउट भएपछि ग्रिनले कप्तान गेरार्ड इरास्मससंग ४८ रनको साझेदारी गरे। चौधौं ओभरमा ग्रिन आउट भए। त्यसपछि क्रिजमा आएका डेभिड विजेले पन्ध्रौँ ओभरमा लगातार २ छक्का प्रहार गर्दै दबाब कम गरे। जित्न ३ ओभरमा २१ रन आवस्यक हुँदा अठारौं ओभरमा बलिंगमा आएका अफ स्पिनर सिमि सिंहको दोश्रो बलमा छक्का प्रहार गर्दै जित सहज बनाए। दुवैले तेश्रो विकेटको लागि अविजित ५३ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। आयरल्याण्डको बलिंगमा कर्टिस क्याम्फरले २ विकेट ( ३-०-१४-२ ) लिए।

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट क्षेतीमा १२५ रन बनाएको थियो। उसको लागि ओपनरद्वय पल स्टरलिंगले ३८ तथा केभिन ओ ब्रायनले २५ रन तथा तेश्रो नम्बरका एन्ड्रयु बालबर्नीले २१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्टरलिंग र ओ ब्रायनले ६२ रनको साझेदारी गरेका थिए। त्यसपछि मध्यक्रम ब्याट्सम्यानहरुले रन बनाउन नसक्दा एक समय १०१ रनमा ३ विकेट गुमाएको आयरल्याण्डले अन्तिम ४ ओभरमा मात्र २४ रन बनाउदा थप ६ विकेट गुमाउन पुग्यो।

नामिबियाको बलिंगमा जान फ्राईलिंकले सर्वाधिक ३ विकेट ( ४-०-२१-३ ) लिए। डेभिड विजेले २ विकेट ( ४-०-२२-२ ) लिंदा जेजे स्मिथ र बर्नार्ड स्कल्जले समान एक विकेट लिए।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]