दोश्रो खेलमा नेदरल्याण्डलाई ८ विकेटले पराजित गर्दै आयरल्याण्डले तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गरेको छ। पहिलो खेलमा नेदरल्याण्ड १ रनले विजयी भएको थियो।
अल्ट्रेच, स्पोर्ट्सपार्कमा घरेलु टोलिले दिएको १५८ रनको लक्ष्य आयरल्याण्डले मात्र २ विकेट गुमाएर ४३ ओभरमा भेटायो।
लक्ष्य पछ्याउने क्रममा ओपनर विलियम पोटरफिल्ड खाता नखोली आउट भएता पनि त्यसपछि पल स्टरलिंग र एन्ड्रयु बालबर्नीले ८२ रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। स्टरलिंग अर्धशतक पुरा गरेपछि ५२ रन बनाएर २४ औं ओभरमा पिटर सिलारबाट क्याच आउट भए।
स्टरलिंगको विकेटपछि बालबर्नीलेले तेश्रो विकेटको लागि ह्यारी टेक्टरसंग ६७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। बालबर्नीले अविजित ६३ रन तथा टेक्टरले अविजित ३० रन बनाए।
नेदरल्याण्डको बलिंगमा पिटर सिलार ( ९-२-३८-१ ) र लोगान भान बिक ( ७-०-३४-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५७ रन बनाएको थियो।
नेदरल्याण्डको लागि ओपनर म्याक्स ओ डोडले सर्वाधिक ३६ रन, बास डी लिडे र स्कट एडवार्डले समान २३ रन, लोगान भान बिकले अविजित २२ रन तथा ब्राण्डन ग्लोभरले १८ रन बनाए।
पहिलो विकेटको लागि म्याक्स ओ डोड र स्टेफेन माइबर्गले ४४ रनको साझेदारी गरेका थिए। तर देब्रे हाते पेसर जोशुवा लिटलले १४ औं ओभरमा ११ रन बनाएका माइबर्ग र खाता नखोली बेन कुपर तथा १८ औं ओभरमा म्याक्स ओडोडको विकेट लिंदै आयरल्याण्डलाई खेलमा हावी गराए।
त्यसपछि नेदरल्याण्ड कुनै पनि बेला सम्हालिन सकेन र लगातार विकेट गुमाउन पुग्यो। दायाँ हाते पेसर क्रेग योंगले पिटर सिलार, स्कट एडवार्ड र टिम भान डर गुटेनको विकेट लिंदै मध्यक्रमलाई चलन दिएनन्।
११६/८ को अवस्थाबाट नवौं विकेटको लागि लोगान भान बिक र ब्रेण्डन ग्लोभर ३० रनको साझेदारी गर्दै टिमको योगफल १५० नजिक पुर्याए। ग्लोभरको विकेट पछि पनि भान बिकले अन्तिम सम्म ब्याटिंग गरे।
आयरल्याण्डको बलिंगमा जोशुवा लिटल ( १०-१-३९-४ ) र क्रेग योंग ( ९.२-२-१८-४ ) ले समान ४ विकेट लिए भने ब्यारी म्याकार्थी ( १०-१-३३-१ ) र एन्डी म्याकब्रायनले ( १०-४-२८-१ ) समान १ विकेट लिए।
सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक खेल जुन ७ तारिख सोमबार खेलिनेछ।
धेरैले पढेको
https://wicketnepal.com/eng-vs-nz-2nd-day-rep-wn21/
https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/
https://wicketnepal.com/icc-nirnaya-team-sankhya-badhyo-icc/
https://wicketnepal.com/cpl-2021-draft-pachi-kun-team-kasto/
