T20WC : लगातार दोश्रो जित पछि श्रीलंका सुपर-१२ मा प्रवेश, नेदरल्याण्ड बाहिरियो

युएई र ओमानमा संयुक्त रुपमा जारी सातौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गर्ने क्रममा आयरल्याण्डलाई७० रनको विशाल अन्तरले पराजित गर्दै श्रीलंका सुपर-१२ चरण प्रवेश गर्ने पहिलो टिम बनेको छ। श्रीलंकाले पहिलो खेलमा नामिबियालाई ७ विकेटले पराजित गरेको थियो। श्रीलंकाको जितसंगै नेदरल्याण्ड एक खेल खेल्न बाँकी रहँदै पहिलो चरणबाटै बाहिर भएको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न समुह ‘ए’ अन्तर्गतको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १८.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।

आयरल्याण्डको लागि कप्तान एन्ड्रयु बालबर्नीले सर्वाधिक ४१ तथा कर्टिस क्याम्फरले २४ रन बनाए। ३२ रन बनाउदा ३ विकेट गुमाएको अवस्थामा चौंथो विकेटको लागि कप्तान एन्ड्रयु बालबर्नी र कर्टिस क्याम्फरले ५३ रनको साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुमाउदा श्रीलंका खेलमा हावी रह्यो।

श्रीलंकाको बलिंगमा महेश तिक्षनाले सर्वाधिक ३ विकेट ( ४-०-१७-३ ) तथा लाहिरु कुमारा ( ४-०-२२-२ ) र चमिका करुनारत्नेले ( ३.३-०-२७-२ ) समान दुई विकेट  लिए। वानिन्दु हसरंगा ( ४-०-१२-१ ) र दुश्मन्था चमिरा ( ३-०-१६-१ ) ले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।

श्रीलंकाको ब्याटिंगमा वानिन्दु हसरंगाले सर्वाधिक ७१ रन तथा पथुम निसंकाले ६१ रन बनाए। हसरंगाले ४७ बलमा १० चौका र १ छक्का तथा निसंकाले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। कप्तान दासुन शनाकाले ११ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाए।

खराब सुरुवात गरेको श्रीलंकाले ८ रन बनाउदा ३ विकेट गुमाएको थियो। कुशल परेरा र अभिस्का फर्नान्डो खाता नखोली तथा दिनेश चण्डीमाल ६ रन बनाएर आउट भए। चौंथो विकेटको लागि निसंका र हसरंगाले १३१ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए।

आयरल्याण्डको बलिंगमा जोशुवा लिटलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २३ रन खर्चे। मार्क अडेरले २ तथा पल स्टरलिंगले १ विकेट लिए।

समुह चरणको अन्तिम खेलमा श्रीलंकाले अक्टोबर २२ तारिखमा नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन हुने समुह ‘ए’ को दोश्रो खेलमा नामिबिया र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन् जुन खेलको विजेता टिम सुपर-१२ चरण प्रवेश गर्नेछ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]