केभिन ओ ब्रायनले उत्कृस्ट ब्याटिंग गर्दा दोश्रो खेलमा भ्रमण टोलि जिम्बाब्वेलाई पराजित गर्दै आयरल्याण्डले पाँच खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
क्लोनटर्फ क्रिकेट मैदान, डब्लिनमा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १५३ रनको लक्ष्य आयरल्याण्डले मात्र ३ विकेट क्षेतीमा ९ बल बाँकी रहँदै पुरा गर्यो।
आयरल्याण्ड ओपनर केभिन ओ ब्रायनले सर्वाधिक ६० रन बनाए जुन क्रममा ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै पल स्टरलिंगले ३७ तथा जर्ज डकरेलले अविजित ३३ रन बनाए। ओ ब्रायनले पहिलो विकेटको लागि स्टरलिंगसम ५९ रनको तथा तेश्रो विकेटको लागि डकरेल संग ५२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार गरे। जिम्बाब्वे बलर रायन बर्लले २ तथा टेन्डाई चताराले १ विकेट लिए।
Another look at that catch by Stirlo! 😍
Great photos by @SebaJFDaly pic.twitter.com/8pVF4hsFQE
— Cricket Ireland (@cricketireland) August 29, 2021
यस अघि टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले २० ओभरमा ५ विकेट क्षेतीमा १५२ रन बनाएको थियो। उसको लागि मिल्टन शुम्बाले सर्वाधिक अविजित ४६ तथा रायन बर्लले अविजित ३७ रन बनाए। ६४ रनमा ५ विकेट गुमेको अवस्थामा शुम्बा र बर्लले छैठौं विकेटको लागी अविजित ८८ रनको साझेदारी गरेका थिए। आयरल्याण्डका दायाँ हाते पेसर शेन गेटकेटले ३ तथा बेन्जामिन व्हाइटले १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वे ३ रनले विजयी भएको थियो। सिरिज अन्तर्गत तेश्रो खेल सेप्टेम्बर १ तारिखमा खेलिनेछ।
