इंग्ल्यान्ड बिरुद्ध पहिलो वानडेको लागि आयरल्याण्डको १४ सदस्यीय टिमको घोषणा

इंग्ल्याण्ड बिरुद्ध तिन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलको लागि आयरल्याण्डले १४ सदस्यीय टिमको घोषणा गरेको छ। दुइ देश बीचको सिरिज आईसीसीको विश्वकप सुपर लिग अन्तर्गतको पहिलो सिरिज हो। 

मंगलबार घोषित टिममा पहिलो पटक कर्टिस क्याम्फर र ह्यारी टेक्टरले पहिलो पटक टिममा स्थान बनाएका छन्।

आयरल्याण्डले यस अघि घोषित गरेको २२ सदसीय टिमबाट १४ जना खेलाडीलाई पहिलो खेलको लागि चुनेको हो। बाँकी ८ खेलाडीहरुलाई रिजर्भ खेलाडीको रुपमा जैव सुरक्षित वातावरणमा राखिनेछ।

१ दिन अघि इंग्ल्यान्डले पनि सिरिजको लागि टिम घोषित गरिसकेको छ

Harry Tector

तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल जुलाई ३० ( बिहिबार ) खेलिनेछ। दोश्रो खेल अगस्ट १ ( शनिवार ) तथा तेश्रो खेल अगस्ट ४ ( मंगलबार ) खेलिनेछ। सबै खेल साउथाम्पटनको द रोज बल स्टेडियममा खेलिनेछ।

यो पनि पढ्नुस :- सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

आयरल्याण्ड टिम :- 

एन्ड्रु बालबर्नी ( कप्तान ) , पल स्टरलिंग ( उपकप्तान ) , कर्टिस क्याम्फर, गेरेथ डेलानि, जोश लिटल, एन्ड्रु म्याकब्रिन, ब्यारी म्याकार्थी, केभिन ओ ब्रायन, विलियम पोटरफिल्ड, बोयड र्यानकिन, सिमि सिंह, ह्यारी टेकर, लोर्कन टकर, क्रेग योंग

इंग्ल्यान्ड टिम :-

ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, टम कुरान, लियाम डसन, जोए डेनलि, सकिब मोहम्मद, आदील राशिद, जेसन रोय, रिस टपले, जेम्स भिन्स, डेभिड विलि , अतिरिक्त :- रिचर्ड ग्लेसन, लुइस ग्रेगरी र लियाम लिभिंगस्टोन

धेरैले पढेको :-

– अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने , यसै साता देखि लागु हुने

– पाकिस्तानको २० सदस्यीय टेस्ट टिममा फवाद आलमको कम्ब्याक

– ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]