इंग्ल्यान्ड बिरुद्ध पहिलो वानडेको लागि आयरल्याण्डको १४ सदस्यीय टिमको घोषणा

२०७७ श्रावण १४, बुधबार ०६:३३

इंग्ल्याण्ड बिरुद्ध तिन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलको लागि आयरल्याण्डले १४ सदस्यीय टिमको घोषणा गरेको छ। दुइ देश बीचको सिरिज आईसीसीको विश्वकप सुपर लिग अन्तर्गतको पहिलो सिरिज हो। 

मंगलबार घोषित टिममा पहिलो पटक कर्टिस क्याम्फर र ह्यारी टेक्टरले पहिलो पटक टिममा स्थान बनाएका छन्।

आयरल्याण्डले यस अघि घोषित गरेको २२ सदसीय टिमबाट १४ जना खेलाडीलाई पहिलो खेलको लागि चुनेको हो। बाँकी ८ खेलाडीहरुलाई रिजर्भ खेलाडीको रुपमा जैव सुरक्षित वातावरणमा राखिनेछ।

१ दिन अघि इंग्ल्यान्डले पनि सिरिजको लागि टिम घोषित गरिसकेको छ

Harry Tector

तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल जुलाई ३० ( बिहिबार ) खेलिनेछ। दोश्रो खेल अगस्ट १ ( शनिवार ) तथा तेश्रो खेल अगस्ट ४ ( मंगलबार ) खेलिनेछ। सबै खेल साउथाम्पटनको द रोज बल स्टेडियममा खेलिनेछ।

यो पनि पढ्नुस :- सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

आयरल्याण्ड टिम :- 

एन्ड्रु बालबर्नी ( कप्तान ) , पल स्टरलिंग ( उपकप्तान ) , कर्टिस क्याम्फर, गेरेथ डेलानि, जोश लिटल, एन्ड्रु म्याकब्रिन, ब्यारी म्याकार्थी, केभिन ओ ब्रायन, विलियम पोटरफिल्ड, बोयड र्यानकिन, सिमि सिंह, ह्यारी टेकर, लोर्कन टकर, क्रेग योंग

इंग्ल्यान्ड टिम :-

ओएन मोर्गन ( कप्तान ) , मोइन अलि, जोनी बेयरस्टो, टम बान्टन, स्याम बिलिंग्स, टम कुरान, लियाम डसन, जोए डेनलि, सकिब मोहम्मद, आदील राशिद, जेसन रोय, रिस टपले, जेम्स भिन्स, डेभिड विलि , अतिरिक्त :- रिचर्ड ग्लेसन, लुइस ग्रेगरी र लियाम लिभिंगस्टोन

धेरैले पढेको :-

– अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने , यसै साता देखि लागु हुने

– पाकिस्तानको २० सदस्यीय टेस्ट टिममा फवाद आलमको कम्ब्याक

– ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy