पहिलो दिन अफगानिस्तान बिरुद्ध आयरल्याण्डको कमजोर प्रदर्शन : एक मात्र टेस्ट

२०७५ चैत्र १, शुक्रबार २१:१७

  • विकेटनेपाल – १ चैत्र, शुक्रवार  

भारतको देहेरादुनमा शुक्रवारबाट सुरुभएको आयरल्याण्ड बिरुद्धको एक मात्र टेस्टको पहिलो दिनको खेल अफगानिस्तानले आफ्नो नाम गरेको छ।

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डलाई पहिलो इनिंगमा मात्र १७२ रनमा समेट्दै खेलमा अफगानिस्तानले आफ्नो पकड बनाउन सफल रह्यो। कुनै समय ८५/९ को दयनीय अवस्थामा रहेको आयरल्याण्डका लागि जर्ज डक्रेल र टिम मुर्तघले अन्तिम विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।

आइरिस् इनिंगमा सर्वाधिक रन जोडेका मुर्तघले व्यक्तिगत ५४ रनको योगदान गरेका थिए। ७५ बलको सामना गरेका उनले आफ्नो इनिंगमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै डक्रेलले व्यक्तिगत ३९ रन जोड्दा १०० बलमा ६ चौका प्रहार गरे।

ठूला नामहरु केभिन ओ ब्रायन (१२), विलियम पोटरफिल्ड (९) र पल् स्टर्लिंग (२६) सस्तैमा पभेलियन फर्किंदा आयरल्याण्डको ब्याटिंग धराशायी बनेको थियो।

अफगानिस्तानको बलिङ्गमा यामिन अहमद्जाई र मोहम्मद नबीले समान ३-३ विकेट चट्काएका थिए। यस्तै राशिद खान र वकार सलाम्खिलको नाममा समान २-२ विकेट रह्यो।

पहिलो दिननै आफ्नो पहिलो इनिंग ब्याटिंग गर्न उत्रिएको अफगानिस्तानले दिनको समाप्तिसम्म २ विकेट गुमाएर ९० रन जोड्दा खेलमा ८२ रनले पछि रहेको छ।

Mohammad Nabi
Mohammad Nabi

दिनको समाप्तिसम्म उसका रहमत साह २२ र हस्मतुल्लाह साहिदी १३ रनमा अविजित रहेका छन्। यस्तै मोहम्मद सेहजाद ४० र इस्नानुल्लाह जन्नत ७ रन जोड्दै पभेलियन फर्किए।

आयरल्याण्डको बलिङ्गमा जेम्स क्यामरुन डोले २ विकेट हात पारेका छन्।

दुबै टोलीका लागि यो दोस्रो टेस्ट खेल हो। यसअघि अफगानिस्तानले भारत र आयरल्याण्डले पाकिस्तान बिरुद्ध एक-एक टेस्ट खेलेका थिए।

Photos : (@ICC)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy