पहिलो दिन अफगानिस्तान बिरुद्ध आयरल्याण्डको कमजोर प्रदर्शन : एक मात्र टेस्ट

  • विकेटनेपाल – १ चैत्र, शुक्रवार  

भारतको देहेरादुनमा शुक्रवारबाट सुरुभएको आयरल्याण्ड बिरुद्धको एक मात्र टेस्टको पहिलो दिनको खेल अफगानिस्तानले आफ्नो नाम गरेको छ।

टस जितेर ब्याटिंग गरेको आयरल्याण्डलाई पहिलो इनिंगमा मात्र १७२ रनमा समेट्दै खेलमा अफगानिस्तानले आफ्नो पकड बनाउन सफल रह्यो। कुनै समय ८५/९ को दयनीय अवस्थामा रहेको आयरल्याण्डका लागि जर्ज डक्रेल र टिम मुर्तघले अन्तिम विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।

आइरिस् इनिंगमा सर्वाधिक रन जोडेका मुर्तघले व्यक्तिगत ५४ रनको योगदान गरेका थिए। ७५ बलको सामना गरेका उनले आफ्नो इनिंगमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै डक्रेलले व्यक्तिगत ३९ रन जोड्दा १०० बलमा ६ चौका प्रहार गरे।

ठूला नामहरु केभिन ओ ब्रायन (१२), विलियम पोटरफिल्ड (९) र पल् स्टर्लिंग (२६) सस्तैमा पभेलियन फर्किंदा आयरल्याण्डको ब्याटिंग धराशायी बनेको थियो।

अफगानिस्तानको बलिङ्गमा यामिन अहमद्जाई र मोहम्मद नबीले समान ३-३ विकेट चट्काएका थिए। यस्तै राशिद खान र वकार सलाम्खिलको नाममा समान २-२ विकेट रह्यो।

पहिलो दिननै आफ्नो पहिलो इनिंग ब्याटिंग गर्न उत्रिएको अफगानिस्तानले दिनको समाप्तिसम्म २ विकेट गुमाएर ९० रन जोड्दा खेलमा ८२ रनले पछि रहेको छ।

Mohammad Nabi
Mohammad Nabi

दिनको समाप्तिसम्म उसका रहमत साह २२ र हस्मतुल्लाह साहिदी १३ रनमा अविजित रहेका छन्। यस्तै मोहम्मद सेहजाद ४० र इस्नानुल्लाह जन्नत ७ रन जोड्दै पभेलियन फर्किए।

आयरल्याण्डको बलिङ्गमा जेम्स क्यामरुन डोले २ विकेट हात पारेका छन्।

दुबै टोलीका लागि यो दोस्रो टेस्ट खेल हो। यसअघि अफगानिस्तानले भारत र आयरल्याण्डले पाकिस्तान बिरुद्ध एक-एक टेस्ट खेलेका थिए।

Photos : (@ICC)





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]