आयरल्याण्डसंग पराजित भएपछि के भन्छन् कप्तान सन्दिप

ओमानमा सम्पन्न चार देशीय टि-ट्वान्टी सिरिजको तेश्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसंग १६ रनको हार पछि नेपालका कप्तान सन्दिप लामिछानेले लक्ष्य पछ्याउने क्रममा बीचको ओभरमा ब्याटिंग राम्रो हुन नसकेको बताएका छन्। आयरल्याण्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १११ रन मात्र बनाउन सक्यो। नेपालको लागि दिपेन्द्र ऐरीले २८ तथा आसिफ शेखले २३ रन बनाए। फलस्वरुप उत्कृस्ट बलिंगको बाबजुद ब्याटिंग नचल्दा नेपाल आयरल्याण्ड बिरुद्ध ऐतिहासिक जित दर्ता गर्न चुक्यो।

खेलपछि प्रतिक्रिया दिने क्रममा सन्दिपले बीचको ओभर महत्वपूर्ण रहेको र आयरल्याण्डको बलिंगको तारिफ गरे – “फर्केर खेल हेर्ने हो भने ब्याटिंगमा हाम्रो लागि बीचको ओभरहरु निकै महत्वपूर्ण थिए। हामीले आयरल्याण्ड बलरलाई श्रेय दिनु पर्छ जसरि उनीहरुले विश्वास कायम राखे र उत्कृस्ट पुनरागमन गरे।”

सन्दिपले नाम नतोके पनि बीचको ओभरमा सुस्त ब्याटिंग गरेका ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, शरद भेसावकर जस्ता ब्याट्सम्यानतर्फ संकेत गरे। बीचको ओभरमा सुस्त ब्याटिंग गरेको नेपालले ८ देखि १४ ओभर बीचको ६ ओभरमा मात्र १८ रन बनाउदा दुई विकेट समेत गुमाउन पुगेको थियो। उक्त ओभरमा सुस्त ब्याटिंगनै नेपालको हारको कारण बन्न पुग्यो। ज्ञानेन्द्रले १२ बलमा ५ रन बनाए भने कुशल मल्लले १६ बलमा ९ रन बनाउदा शरद भेसावकर ३ बलमा १ रन बनाएर आउट भए। ७ देखि १४ ओभरको अवधिमा नेपालले एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेन जुन हारको महत्वपूर्ण कारण बन्यो।

खेलमा करियरकै उत्कृस्ट बलिंग गर्दै ४ विकेट लिनुको साथै टिमको लागि सर्वाधिक २८ रन बनाएका दिपेन्द्रको सन्दिपले तारिफ गरे- “दिपेन्द्र ऐरीले पुनः बलिंग र ब्याटिंगमा समेत राम्रो गरे जसको लागि उनको तारिफ गर्नुपर्छ। उनिबाट हामीले फरक परिस्थितिहरुमा कसरी ब्याटिंग गर्ने पनि सिक्नु पर्छ।

सन्दिपले खेलबाट धेरै कुरा सिकेको र हार नमानी अघि बढ्ने बताए – “हामीले यो खेल बाट धेरै कुराहरु सिकेका छौँ र अगाडी हार मान्नु हुँदैन। अघि बढ्दै गर्दा हामिसंग धेरै कामहरु पुरा गर्न बाँकी छन् , प्रतियोगिताको प्रतीक्षा गरिरहेका छौँ।”

सिरिजमा नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेता पनि त्यसपछि युएईसंग २५ रनले तथा आयरल्याण्डसंग १६ रनको हार बेहोर्यो। नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]