स्कटल्याण्ड र आयरल्याण्ड बिचको टि-२० बराबरी

  • विकेटनेपाल, असार ४ – सोमबार

आयरल्याण्ड, स्कटल्याण्ड र घरेलु टिम नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आयरल्याण्ड र स्कटल्याण्ड बिचको खेल टाई भएको छ। यो अन्तर्राष्ट्रिय टि२० खेलको दशौँ टाई खेल हो।

१८६ रनको विजयी लक्ष्य पाएको आयरल्याण्डलाई खेल बराबरी गराउन अन्तिम २४ बलमा ४१ रनको आबश्यकता थियो। त्यसपछि उसका केभिन ओ’ब्रायनले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि १७ बलमा २८ रनको पारि खेल्दै खेललाई जित नजिक पुर्याए। त्यसपछि जितको लागि अन्तिम ५ बलमा ७ रन आबश्यकता रहेको अवस्थामा स्कटल्याण्डका सफ्यान शरिफले उत्कृस्ट बलिंग प्रस्तुत गर्दै ६ रनमात्र खर्चेपछी खेल बराबरीमा सकिएको हो।

टस जितेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले जर्ज मन्जीको २५ बलमा ४६ रनको तथा कप्तान कायल कोट्ज़रको ४१ बलमा ५४ रनको मद्दतमा पहिलो विकेटका लागि ९३ रनको राम्रो सुरुवात पाउँदै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनायो। त्यसपछि कालुम मेक्लडले अविजित ४६ रन प्रहार गर्न ३९ बलको सामना गर्दा म्याथु क्रसले १८ रन बनाउन मात्र १० बलको सामना गरे।

बलिंगतर्फ आयरल्याण्डका सिम्मी सिंह, जर्ज डोक्रेल र बरी मकार्टीले समान १/१ विकेट लिए।

कायल कोट्ज़र

जवाफमा लक्ष्य पछ्याएको आयरल्याण्डका लागि ओपनर पाउल स्ट्रलिंगले ८१ रनको पारि खेल्नेक्रममा ४१ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै सिम्मी सिंहको २६, गेरी विल्सनको २३ रन तथा केभिन ओ’ब्रायनको २८ रनको पारीमा आयरल्याण्डले ६ विकेट गुमाएर १८५ रन बनायो।

स्कटल्याण्डका लागि सफ्यान शरिफ र स्टुअर्ट व्हाइटिन्घमले समान २/२ विकेट लिए।

आजको खेल: स्कटल्याण्ड १८५/४ (कायल कोटज़र ५४) Vs आयरल्याण्ड १८५/६ (पाउल स्ट्रलिंग ८१)

यसअघि टि२० अन्तर्राष्ट्रियमा बराबरी (टाई) भएका खेलहरु:

Tied Twenty20 Internationals
No. Date Batting first Batting second Venue Result
1 16 February 2006  West Indies
126/7 (20 overs)
 New Zealand
126/8 (20 overs)
Eden Park, Auckland
New Zealand
Match tied
New Zealand won bowl-out
2 14 September 2007  India
141/9 (20 overs)
 Pakistan
141/7 (20 overs)
Kingsmead, Durban
South Africa
Match tied
India won bowl-out
3 11 October 2008  Canada
135/7 (20 overs)
 Zimbabwe
135/9 (20 overs)
Maple Leaf North-West Ground, King City
Canada
Match tied
Zimbabwe won bowl-out
4 26 December 2008  New Zealand
155/7 (20 overs)
 West Indies
155/8 (20 overs)
Eden Park, Auckland
New Zealand
Match tied
West Indies won Super Over
5 28 February 2010  New Zealand
214/6 (20 overs)
 Australia
214/4 (20 overs)
AMI Stadium, Christchurch
New Zealand
Match tied
New Zealand won Super Over
6 7 September 2012  Pakistan
151/4 (20 overs)
 Australia
151/8 (20 overs)
Dubai International Cricket Stadium
United Arab Emirates
Match tied
Pakistan won Super Over
7 27 September 2012  New Zealand
174/7 (20 overs)
 Sri Lanka
174/6 (20 overs)
Pallekele International Cricket Stadium, Kandy
Sri Lanka
Match tied
Sri Lanka won Super Over
8 1 October 2012  West Indies
139 (19.3 overs)
 New Zealand
139/7 (20 overs)
Pallekele International Cricket Stadium, Kandy
Sri Lanka
Match tied
West Indies won Super Over
9 30 November 2015  England
154/8 (20 overs)
 Pakistan
154/7 (20 overs)
Sharjah Cricket Stadium, Sharjah
United Arab Emirates
Match tied
England won Super Over

 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]