आयरल्याण्डको रोमान्चक जित, कम योगफलको खेलमा वेस्ट इन्डिजसंग युएई पराजित

  • विकेटनेपाल, फाल्गुन १७ – बिहिबार

जिम्बाब्वेमा मार्च ४ तारिखदेखि सुरु हुन लागेको विश्वकप छनौट प्रतियोगिताको अघि आज भएका ५ वटा अभ्यास खेलहरु मध्ये नेपाल र हंगकंगको खेल सुरु नै हुन सकेन भने अफगानिस्तान र नेदरल्याण्डबिचको खेल बीचमा रोकिन पुग्यो। अन्य तीन खेलहरुमा जिम्बाबे, आयरल्याण्ड र वेस्ट इन्डिजले जीत् हाँसिल गरेका छन्।

पपुवा न्यु गिनी Vs जिम्बाबे

घरेलु टोलि जिम्बाबेले पपुवा न्यूगीनिलाई ५ विकेटले हराउंदै प्रतियोगितामा दाबेदारी प्रस्तुत गरेको छ। पहिले ब्याटिंग गरेको पपुवा न्यूगिनीले भानि मोरेयाले ५८ रन बनाएपनि सबै विकेट गुमाएर १९५ रन मात्र जोड्न सकेको थियो। घरेलु टोलिको बलिंगमा मुजराबानी, सिकन्दर राजा र टेनडाई चिसोरोले समान २-२ विकेट लिएका थिए। जवाफमा १९६ रनको लक्ष्य जिम्बाबेले मात्र ४०.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसको जितमा म्यान अफ दि म्याच ह्यामिल्टन मासाकाट्जाले ५४ तथा ब्रेण्डन टेलरले ५२ रनको इनिंग खेले।

वेस्ट इन्डिज Vs संयुक्त अरब इमिरेट्स

वेस्ट इन्डिजले संयुक्त अरब एमिरेट्स बिरुद्द ३२ रनको रोमान्चक जित हात पार्यो। पहिले ब्याटिंग गरेको विन्डिज टोलिले खराव ब्याटिंग गर्दै मात्र ११५ रन मात्र जोड्न सकेको थियो। उसका सिम्रन हेट्माएरले सर्वाधिक २० रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चलन सकेनन्। युएईका इमरान हाईडरले सर्वाधिक ४ विकेट चट्काएका थिए। जवाफमा ब्याटिंग गरेको युएईलाई ११६ रनको लक्ष्य समेत कठिन हुनपुग्यो। खराव ब्याटिंग गर्दै युएईले मात्र ८३ रन मात्र जोड्न सक्यो। उसको चेजमा अद्नान मुफ्तिले सर्वाधिक १४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। वेस्ट इन्डिजका निकिता मिलरले ५ विकेट लिए।

निकिता मिलरले ५ विकेट लिए

स्कटल्याण्ड Vs आयरल्याण्ड

रोमान्चक खेलमा आयरल्याण्डले अन्तिम बलमा चौका प्रहार गर्दै २ विकेटको जित हात पारेको छ। पहिले ब्याटिंग गरेको स्कटल्याण्डले माइकल लिस्कको ९१ रन तथा जर्ज मुन्सीको ७७ रनको मद्दतमा ४९.३  ओभरमा सबै विकेट गुमाउंदै २३९ रनको योगफल तयार पारेको थियो। आयरल्याण्डका बोयड र्यान्किंगले ३८ रनमा ५ विकेट तथा टिम मुर्ताग र बुर्री एम्कार्तीले क्रमश ३ र २ विकेट हात पारे । जवाफमा एन्ड्रिउ बाल्बिर्नीको ७९ तथा जर्ज डक्रेलको अविजित ४७ रनको मद्दतमा आयरल्याण्डले अन्तिम बलमा जित्यो ।

अफगानिस्तान Vs नेदरल्याण्ड

कप्तान रासिद खानको आक्रामक ६३ रन शरफुद्दीन अशरफको ४२ रन र मोहम्मद नाबीको ३२ रनको मद्दतमा पहिले ब्याटिंग गर्दै अफगानिस्तानले ४९.५ ओभरमा २१६/१० को योगफल तयार पारेको थियो। नेदरल्याण्डका शेन सनाटरले ४ विकेट तथा भान्डर मोर्वेले २   विकेट लिएका थिए। जवाफमा लक्ष्य पछ्याउने क्रममा १७.३ ओभरमा नेदरल्याण्डले वेसले वारेसीको ३८ तथा म्याक्स ओ डाउडको अविजित ३८ रनको मद्दतमा ८६/१ को योगफल तयार पारेको थियो । त्यसपछि बर्षाले खेल हुन नसक्दा स्थगित हुन पुग्यो।

( फोटोहरु – आईसीसी )





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]