इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट अचानक सन्यास घोषणा गरेपछि भारतीय पूर्व क्रिकेटर इरफान खानले रोचक उपाय निकालेका छन्।

धोनीले विदाई खेल नखेली सन्यास घोषणा गरेको हुँदा पठानले विदाई खेल खेल्न नपाएका क्रिकेटर र वर्तमान भारतीय टिम बीच विदाई खेलको आयोजना गर्न सकिने सामाजिक संजालमार्फत बताएका छन्।

पठान लगायत ठूलाभारतीय नामहरुले भारतीय क्रिकेट टिमको लागि ठूलो योगदान दिएता पनि विदाई खेल खेल्न भने पाएका थिएनन्। यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका पठानले विदाई खेल खेल्न नपाएका ११ जना खेलाडीहरुको सुची समेत सार्वजनिक गरेका छन्।

ठूला नामहरु गौतम गम्भीर, बिरेन्द्र सेहवाग, युवराज सिंह, भीभीएस लक्ष्मण, इरफान पठन, जाहिर खान जस्ता ठुला क्रिकेटरहरुले पनि यस अघि विदाई खेल खेल्ने सौभाग्य पाएका थिएनन्। सेहवागले २०१४ मा , द्रविड र लक्ष्मणले २०१२ मा, युवराज सिंहले २०१९ मा तथा अगरकरले २००७ मा सन्यास लिएका थिए।

“धेरै मानिसहरु खेलाडीहरुले सन्यास लिदा विदाई खेल खेल्न नपाएको गुनासो गरिरहेका छन्। विदाई खेल खेल्न नपाएका खेलाडीहरु र वर्तमान भारतीय टिम बीच एउटा च्यारिटी विदाई खेल खेल्दा कस्तो होला ?” पठानले ट्वीट गरेका छन्।

युवराज सिंह, राहुल द्रविड, बिरेन्द्र सेहवाग, भीभीएस लक्ष्मण, गौतम गम्भिर, जाहिर खान, इरफान पठान जस्ता खेलाडीहरुले विदाई खेल खेल्न पाएनन्

धोनी र रैनाले सन्यास घोषणा गरेपछि विदाई खेल आयोजना हुनु पर्ने विषय उठेको थियो। २०१९ विश्वकप सेमीफाइनलमा इंग्ल्यान्ड बिरुद्ध अन्तिम खेल खेलेका धोनी तथा २०१८ जुलाईमा इंग्ल्यान्ड बिरुद्ध अन्तिम खेल खेलेका रैनाले अचानक सामाजिक संजालबाट सन्यास घोषणा गरेका थिए।

ठूला भारतीय खेलाडीहरुले सन्यास लिंदा सम्मानित विदाई नभएकोमा खुलेर आलोचना गर्ने गरेका छन्। १९ वर्षीय करियर अन्त्य गरेपछि भारतलाई २०११ विश्वकप जिताउने क्रममा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका युवराज सिंहले सम्मानित विदाई नपाउदा भारतीय बोर्डको खुलेर आलोचना गरेका थिए। युवराजले खेलाडीहरुलाई बिसीसीआईले सम्मान नगरेको बताउदै आएका छन्।

पठानले बनाएको विदाई खेल खेल्न नपाउने भारतीय खेलाडीहरुको सुची – १. गौतम गम्भीर, विरेन्द्र सेहवाग, राहुल द्रविड, भीभीएस लक्ष्मण, सुरेश रैना, महेन्द्र सिंह धोनी, इरफान पठान, अजित अगरकर, जाहिर खान, प्रज्ञान ओझा

यो पनि पढ्नुस :-

https://wicketnepal.com/10-ind-cric-farwell-match-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/200-zak-new-record-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]