श्रेयस ईयरको अर्धशतकका बाबजुत दिल्लीको अर्को हार

  • विकेटनेपाल, बैशाख ११ – मंगलबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा किंग्स ईलाभेन पन्जाबले दिल्ली डेयरडेभिल्सलाई ४ रनले पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा खेलेका ६ खेलमध्ये ५ खेलमा जित र १ खेलमा हार व्यहोरेको पन्जाब १० अंक सहित शिर्ष स्थानमा उक्लेको छ भने समान ६ खेलबाट १ मात्र जित हात पार्दै मात्र २ अंकसहित दिल्ली अंकतालिकाको अन्तिममा रहेको छ ।

जारि सिजनमा पहिलोपल्ट घरेलु मैदानमा खेल खेलेको दिल्लीले टस जितेर पहिले ब्याटिंगको निम्तो दिएपछि पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमेर १४३ रनको योगफल तयार पारेको थियो । उसका लागि करुण नायरले ३४ रन (३२ बल, ४ चौका), डेविड मिलरले २६ रन (१९ बल, १   चौका, १   छक्का), लोकेश राहुलले २३ रन (१५ बल, ३ चौका, १ छक्का) र मयंक अग्रवालले २१ रन (१६ बल, ३ चौका) बनाएका थिए ।

करुण नायर

बलिंगतर्फ दिल्लीका लागि पहिलो खेल खेलिरहेका लियाम प्लंकेटले ३ विकेट लिन ४ ओभरमा १७ रन खर्चिए भने ट्रेन्ट बोल्ट र आवेस खानले समान २/२ विकेट हात पारे ।

जवाफमा १४४ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रेको दिल्लीले श्रेयस ईयरको ५७ रनको बाबजुत निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो र पराजित भयो । इयरले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै राहुल तेवातियाले २४ रन तथा आइपिएलमा डेब्यु गरेका पृथ्वी शहले २२ रन (१० बल) बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

श्रेयस ईयर

पन्जाबको लागि बलिंगतर्फ म्यान अफ द म्याच समेत घोषित अंकित राजपुतले २ विकेट लिन ४ ओभरमा २३ रन खर्चे भने एन्ड्रीउ टाई र मुजीब उर रहमानले पनि २/२ विकेट हात पारे ।

अंकित राजपुत




थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]