इन्डोर सुपर लिगको ऐतिहासिक अक्सन सम्पन्न

२०८२ भाद्र ४, बुधबार १७:१४

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक इन्डोर क्रिकेट प्रतियोगिता “इन्डोर सुपर लिग’ पहिलो संस्करणको अक्सन सम्पन्न भएको छ।

काठमाण्डौ स्पोर्ट्स इभेन्ट्स प्राइभेट लिमिटेडले यही भदौ २५ देखि २८ गते सम्म आयोजना गर्न लागेको प्रतियोगिताको अक्सन सोमबार काठमाडौँको संखमुल स्थित अनमोल ब्याङ्क्वेटमा भव्यताका साथ सम्पन्न भयो।

प्रतियोगितामा याला नाइट्स, मिक्समान्डु स्पोर्ट्स क्लब, अनमोल पायनियर्स, माया हेटौंडा रोयल्स, हिमालयन टाइटन्ज, हाइल्याण्ड योर्कर्स, अल्फा वारियर्स, गेटसेटगेम अल स्टार्स गरि आठ वटा फ़्रेन्चाइज् सहभागी हुनेछन्।

सहभागी ८ वटा टिमहरुले अक्सनमा कुल १३८ जना खेलाडी माथि बोलि लगाएका थिए। खेलाडीहरुलाई ए, बि र सी गरि तिन वटा श्रेणीमा विभाजित गरिएको थियो। ग्रेड ‘ए’ मा नेपालको लागि सिनियर र उमेर समुहमा प्रतिनिधित्व गरेका खेलाडीहरु समाबेश हुँदा अन्य खेलाडीहरु ‘बि’ र ‘सी’ ग्रेडमा रहेका थिए।

अक्सन अगाडी ८ वटै टिमले आफ्नो मार्की खेलाडी तय गरेका थिए जसले पाउने मूल्य भने गोप्य राखिएको छ। सिनियर नेपाली राष्ट्रिय क्रिकेटरहरु इशान पाण्डे, भुवन कार्की, राशिद खान लगायत नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका रित गौतम, सुमित महर्जन, रुपेश श्रीवास्तव, प्रनित थापा तथा बिबेक राना मगर बिभिन्न टिमका मार्की खेलाडीको रुपमा टिमसंग आवद्ध भैसकेका थिए।

इशान पाण्डे मिक्समान्डु, सुमित महर्जन अनमोल पायोनर्स, रुपेश श्रीवास्तव याला नाइट्स, बिबेक राना मगर गेटसेटगेट अल स्टार्स, राशिद खान अल्फा वारियर्स, रित गौतम माया हेटौडा रोयल्स, प्रनित थापा हाईल्याण्ड योर्कर्स तथा भुवन कार्की हिमालयन टाईटन्समा आवद्ध भएका हुन्।

 

अक्सनमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका एकै नाम भएका दुई यु-१९ टिमको लागि खेलीसकेका खेलाडी दिपक बोहरा, यु-१६ राष्ट्रिय क्रिकेटर रहीसकेका रभी कुमार शाह, सुदूरपश्चिम प्रदेशका खेलाडी दिपक चन्द, कर्णाली प्रदेशका खेलाडी दिनेश अधिकारीले सर्वाधिक मूल्य पाए। पाँचै जना खेलाडीले २५ हजार रुपैयाँ मूल्य पाए। सबैलाई एक भन्दा बढी टिमले लिन चाहेपछि गोलाप्रथा मार्फत टिम चयन गरिएको थियो।

दिपक बोहरा ( ए ) लाई हाईल्याण्ड योर्कर्सले, दिपक बोहरा ( बि ) र दिपक चन्दलाई माया हेटौडा रोयल्सले, रभी कुमार शाहलाई अनमोल पायोनर्सले तथा दिनेश अधिकारीलाई हिमालयन टाईटन्सले टोलिमा भित्र्याउन सफल भयो।

यस्तै अक्सनमा उत्तम थापा मगरलाई गेटसेटगेम अल स्टार्सले २० हजार रुपैयाँमा, सोनु देवकोटालाई मिक्समान्डुले २१ हजार रुपैयाँमा, दिपेश दासलाई अल्फा वारियर्सले १९ हजार रुपैयाँमा, आशुतोष घिरैयालाई गेटसेटगेम अल स्टार्सले १७ हजार रुपैयाँमा भित्र्यायो।

सहभागी टिमले १ लाख १० हजार रुपैयाँमा कुल ८ जना खेलाडीलाई किन्न पाउने नियम रहेको थियो। त्यसमा दुई जना खेलाडी ए श्रेणीबाट, तिन जना बि श्रेणीबाट तथा ३ जना खेलाडी सी श्रेणीबाट राख्न मिल्ने थियो।

अक्सनमा सबै भन्दा बढी खर्च गर्ने टिम माया हेटौडा रोयल्स रह्यो जसले १ लाख ३ हजार रुपैयाँ खर्च गर्यो। सबैभन्दा कम याला नाइट्सले मात्र ७६ हजार खर्च गर्यो।

अक्सन कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा प्रतियोगिताको आयोजक काठमाडौँ स्पोर्ट्स इभेन्ट्सका सचिव रविन्द्र गुप्ताले इन्डोर सुपर लिगले नेपाली क्रिकेटको संस्कृति विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै प्रतियोगिताको पहिलो संस्करण भव्य बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे। यस्तै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले प्रतियोगिताले खेलाडीहरुलाई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै कर्पोरेट क्षेत्रलाई क्रिकेटसंघ जोडेको बताए।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेताहरु सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायक हेमन्त शर्मा, टंक तिमल्सिना लगायत अतिथिहरुको पनि उपस्थित रहेको थियो।

काठमाडौं बुढानिलकन्ठको चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्कमा ४ दिन चल्ने प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ राखिएको छ जुन नेपालको इन्डोर क्रिकेटमै सर्वाधिक हो। यस्तै उपविजेताले २ लाख रुपैयाँ, प्लेयर अफ द टुर्नामेन्टले २५ हजार, सर्वश्रेष्ठ बलर र ब्याट्सम्यानले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


कुन टिममा को-को खेलाडी : 


१. याला नाइट्स

  • मार्की प्लेयर: रुपेश श्रीवास्तव
  • स्क्वाड:
    • रुपेश श्रीवास्तव
    • सन्देश कार्की
    • अभिषेक थापा
    • बिधान श्रेष्ठ
    • सरोज बहादुर खत्री
    • दिनेश बुढा मगर
    • केशव साउद
    • कृष कार्की
    • सरस खत्री

 

२. मिक्समान्डु स्पोर्ट्स क्लब

  • मार्की प्लेयर: ईशान पाण्डे
  • स्क्वाड:
    • ईशान पाण्डे
    • सोनु देवकोटा
    • अशिम के.सी.
    • सागर शर्मा
    • नविन कुमार यादव
    • जाव्यङ्ग लामा
    • अपराजित पौडेल
    • आर्यन बिष्ट
    • अविनाश बश्याल


 

३. अनमोल पायनियर्स

  • मार्की प्लेयर: सुमित महर्जन
  • स्क्वाड:
    • सुमित महर्जन
    • सक्षम बस्ताकोटी
    • रवि कुमार साह
    • हरि ओम जोशी
    • गौतम केसी
    • राजेन्द्र बहादुर बाम
    • सार्थक धिताल
    • रोशन कुमार साह
    • अजय कुमार मारिक

 

४. माया हेटौंडा रोयल्स

  • मार्की प्लेयर: रित गौतम
  •  स्क्वाड:
    • रित गौतम
    • दीपक चन्द
    • रोहित शर्मा
    • दीपक बोहोरा
    • आश्रय बस्नेत
    • पंकज प्रसाद पन्त
    • सुनिल दौल्याल
    • अशोक पौडेल
    • मिशन कार्की

 

५. हिमालयन टाइटन्ज

  • मार्की प्लेयर: भुवन कार्की
  •  स्क्वाड:
    • भुवन कार्की
    • लच्छु कार्की
    • सुमन विश्वकर्मा
    • दिनेश बिष्ट
    • शंकर राना
    • दीपक राज जोशी
    • दिनेश अधिकारी
    • दीपक बोहरा
    • तपेन्द्र बिष्ट

 

६. हाइल्याण्ड योर्कर्स

  • मार्की प्लेयर: प्रनित थापा मगर
  • स्क्वाड:
    • प्रनित थापा मगर
    • रोशन कुमार साह
    • दीपक बोहोरा
    • जतिन थापा
    • तुल बहादुर थापा
    • कृष्ण देव भट्ट
    • कृतेश कार्की
    • अनुज घिमिरे
    • दयानन्द मण्डल

 

७. अल्फा वारियर्स

 

  • मार्की प्लेयर: राशिद खान (अनुपलब्ध)
  •  स्क्वाड:
    • राशिद खान
    • महेन्द्र खत्री
    • दिपेश दास
    • जनक चन्द
    • सुमित श्रेष्ठ
    • मिलन क्षेत्री
    • मुकेश कुमार यादव
    • सचिन अधिकारी
    • चन्द्र बिसी

 

८. अल स्टारज (एरोज सोलुसन प्रा. लि. द्वारा संचालित)

  • मार्की प्लेयर: बिबेक राना मगर
  • स्क्वाड:
    • बिबेक राना मगर
    • आशुतोष घिरैया
    • बिपिन आचार्य
    • उत्तम रङ्गु थापा मगर
    • बिधान खतिवडा
    • मनोज कुमार यादव
    • सङ्गीत पन्त
    • अनुप श्रेष्ठ
    • सक्रीय कार्की

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy