“अब दिल्लीले सन्दिप लामिछानेलाई खेलाउने बेला आएको छ” – आकाश चोपडा (भिडियो सहित)

  • विकेटनेपाल, बैशाख १९ – बुधबार

जारि इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत ३२ औं खेलमा दिल्ली डेयरदेभिल्सले नेपाली समय अनुसार राति ८:१५ बजे राजस्थान रोयल्सको सामना गर्दैछ । दिल्लीले अहिलेसम्म ८ खेल खेलिसक्दा मात्र २ खेल जित्दै ४ अङ्कका साथ अङ्कतालिकाको अन्तिममा रहेको छ भने राजस्थानले ७ खेलबाट ३ खेल जित्दै छैठौं स्थानमा रहेको छ । दिल्लीलाई प्लेअफको सम्भावना बाँकी राख्न अब रहेका सम्पूर्ण ६ खेलहरु नै जित्नुपर्ने हुन्छ ।

यसपालि नेपालीहरुबीच आईपिएलले छुट्टै पहिचान बनाएको छ त्यसको कारण बनेका छन् नेपाली लेग स्पिनर सन्दिप लामिछाने जो आईपिएल लिलामीमा खरिद हुने पहिलो नेपाली खेलाडी बनेका छन् तर उनले प्रतियोगितामा दिल्लीले खेलेका सम्पूर्ण ८ खेलहरु बाहिर बसेर हेर्नुपरेको छ ।

यसैबीच आफ्नो रेगुलर अपडेट आकाशवानीमा भारतीय पुर्वक्रिकेटर समेत रहेका आकाश चोपडाले अब दिल्लीले सन्दिप लामिछानेलाई खेलाउने समय आएको बताएका छन् । भनेका छन्, आईपिएलमा लेगस्पिनरले राम्रो प्रदर्शन गरिरहेका छन् र दिल्लीले अब गुमाउनु केहि पनि छैन, यदि उनले मौका पाउँछन् भने ट्रंप कार्डको रुपमा प्रयोग हुन सक्छन् । चोपडा अहिले आइपिएलको हिन्दि कमेन्ट्री प्यानलका सदस्य रहेका छन् ।

अफगानिस्तानका राशिद खानको उदाहरण प्रस्तुत गर्दै उनले नेपालको बिकाशमा समेत सहयोग गर्ने बताए । अघिल्लो सिजन राशिद खान र मोहम्मद नाबीको प्रदर्शनले अहिले अफगानिस्तानका थप दुई खेलाडीहरुले मौका पाएका छन्, सन्दिप पनि नेपालको लागि   एउटा मौका हुन सक्छन् ।

 

आकाश चोपडाको भनाई (भिडियो)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]