सुरु भयो यु-१९ इटहरी प्रिमियर लिग – काठमाडौँ र नेपालगञ्जको बिजयी सुरुवात

  • विकेटनेपाल, पौष २८ – शुक्रबार

इटहरी क्रिकेट एकेडेमीको आयोजनामा इटहरीमा शुक्रबारदेखि दोस्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ।

माघ २ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढीबाट प्रतिनिधित्व गरेका क्रिकेट टोलीको सहभागता रहेको छ। भैरहवा, इटहरी र नेपालगंज समुह ‘ए’ मा तथा काठमाडौँ, बिराटनगर र धनगढी समुह ‘बि’ मा रहेका छन्। समुह चरणमा एक-अर्कासंग १ खेल खेलेपछि समुहको उत्कृस्ट-२ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

काठमाडौँको जित 

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले बिराटनगरलाई ७ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको काठमाण्डौले १५ ओभरमा छोट्याईएको खेलमा १४.५ ओभरमा सबै विकेट गुमाउदै ८४ रन बनाएको थियो । उसका लागि म्यान अफ द म्याच चुनिएका अरुण ऐरीले २३ रन बनाउँदा अभ्यास थापाले अविजित १३ रन जोडे। बलिङतर्फ विराटनगरका लागी मिनस थापाले ३ विकेट लिँदा अनिल यादव, विवेक यादव, दिपेश कंडेल र फिर्दोस अन्सारीले समान १/१ विकेट लिए ।

८५ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बिराटनगर निर्धारित १५ ओभरमा ५ विकेट गुमाउदै मात्र ७७ रनमा समेटिएपछी काठमाडौ ७ रनको जित हात पारेको हो । लव कामतले सर्वाधिक २२ रन बनाउदा अंकित सुबेदीले २१ रन र मिनश थापाले १२ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा बिराटनगर पराजित हुन पुग्यो । काठमाडौका पवन कार्कीले २ तथा अरुण ऐरी र प्रतिश जीसीले १/१ विकेट लिए ।

नेपालगंजको प्रतिनिधित्व गरेको टिम मध्यपश्चिम क्रिकेट क्लब

लवकुशको अलराउण्ड प्रदर्शनमा नेपालगञ्ज बिजयी 

शुक्रबारनै भएको प्रतियोगिताको दोश्रो खेल अन्तर्गत नेपालगंजले भैरहवालाई २२ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै मात्र ८३ रन बनाउन सक्यो । उसका लागि विनायक गिरीले सर्वाधिक ३२ रन तथा लव कुशले १४ रन जोडे । बलिङतर्फ भैरहवाका तुलबाहादुर थापा र विकर्ण बस्नेतले २/२ विकेट लिए ।

८४ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले मात्र ६२ रन बनाउदा १५.१ ओभरमा सबै विकेट गुमाउन पुग्यो । भैरहवाका लागि सिजन मकाजुले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । १ विकेट समेत हात पारेका लवकुश यादव म्यान अफ द म्याच घोषित भए ।

लवकुश यादव

शनिबारको पहिलो खेल आयोजक इटहरी क्रिकेट एकेडेमी र नेपालगञ्ज तथा दोस्रो खेल बिराटनगर र धनगढी बिच हुने छ ।

प्रतियोगितामा बिजयी हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ यस्तै  दोस्रो हुनेले ५० हजार प्राप्त गर्ने छ भने म्यान अफ द सिरिजले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ५/५ हजार प्राप्त गर्ने छ यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपियाँ प्राप्त गर्नेछन् ।

खेल-तालिका 





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]