बंगलादेश बिरुद्ध न्युजिल्यान्डको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै कम योगफल

न्युजिल्यान्डको बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि न्युजिल्यान्डले लज्जास्पद ब्याटिंग प्रदर्शन गरेको छ।

१६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएको न्युजिल्यान्डले ६० रन मात्र बनाउन सक्यो। शेरे बांग्ला स्टेडियममा टस जितेर ब्याटिंग रोजेको न्युजिल्यान्डले टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै आफ्नो संयुक्त रुपमा सबैभन्दा कम योगफल बनाएको हो। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ मा न्युजिल्यान्ड श्रीलंकासंग ६० रनमै समेटिन पुगेको थियो। बंगलादेश बिरुद्ध न्युजिल्यान्डको यस अघि सबैभन्दा कम योगफल १४५ रन थियो।

६० रन बंगलादेश बिरुद्ध कुनै पनि देशले टि-२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम योगफल हो। गत महिना अस्ट्रेलिया ६२ रनमा सिमित हुँदै यो रेकर्ड बनाएको थियो जुन अब न्युजिल्यान्डको नाममा भएको छ। टि-२० अन्तर्राष्ट्रिय इतिहासमा बंगलादेश बिरुद्ध हालसम्म ४ वटा टोलिले मात्र सय भन्दा कम योगफल बनाएको छ। अस्ट्रेलिया २ पटक तथा युएई र न्युजिल्यान्ड १ पटक बंगलादेश बिरुद्ध एक सय भन्दा कम योगफलमा समेटिएको छ।

पहिलो ४ विकेट ९ रनको योगफलमै गुमाएपछि पाँचौ विकेटको लागि कप्तान टम लाथम र हेनरी निकोलस बीच ३४ रनको साझेदारी भयो। तर ११ औं ओभरमा १८ रन बनाएका लाथम आउट भएपछि पुनः न्युजिल्यान्डको विकेट जाने शिलशिला दोहोरियो। १३ औं ओभरमा निकोलस पनि १८ रन बनाएर आउट भए। फलस्वरुप ४३/४ को अवस्थाबाट थप १७ रन योगफलमा जोड्दा न्युजिल्यान्डले सम्पूर्ण विकेट गुमाउन पुग्यो। निलोलस र लाथम बाहेक अन्य न्युजिल्यान्ड ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट ( २.५-०-१३-३ ) लिए भने नसम एहमद ( २-०-५-२ ) , शाकिब अल हसन ( ४-०-१०-२ ) र मोहम्मद सैफुद्दीन ( २-०-७-२ ) ले समान २ विकेट लिए। मेहदी हसनले १ विकेट ( ४-०-१५-१ ) लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy