नयाँ कप्तान श्रेयस ऐयरले दिलाए दिल्लीलाई शानदार जित : आईपीएल

Delhi Daredevils
  • विकेटनेपाल – १५ बैशाख, शनिवार 

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रवार राति सम्पन्न खेलमा दिल्ली डेयरडेभिल्सले जित हात पारेको छ। सिजनको दोस्रो जित हात पार्ने क्रममा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ५५ रनले पराजित गर्यो। यसअघि दिल्ली डेयरडेभिल्स एकमात्र जित हात पार्ने क्रममा मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको थियो ।

नियमित कप्तान गौतम गम्भीरले कप्तानी छाड्ने निर्णय लिएपछि श्रेयस ऐयरको कप्तानीमा पहिलो पटक मैदान उत्रिएको दिल्लीले टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको थियो। उत्कृस्ट ब्याटिंग गर्दै दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१९ रनको बिशाल योगफल तयार गरेको थियो। उसको इनिंगमा कप्तान श्रेयस ऐयरले अविजित ९३ रनको पारि खेलेका थिए।

Shreyas Iyer
श्रेयस ऐयरले ९३ रनको बिष्फोटक इनिंग खेले

पहिलो विकेटका लागि नयाँ ओपनिंग जोडी पृथ्वी शा र कोलिन मुन्रोले ५९ रनको साझेदारी गर्दै दिल्लीलाई राम्रो सुरुवात दिएका थिए। मुन्रोले १८ बलमा ३३ रनको योगदान गर्दै पभेलियन फर्किएका थिए। यस्तै पृथ्वीले आईपिएल करियरकै पहिलो अर्धशतक बनाउने क्रममा मात्र ४४ बलमा ६२ रनको इनिंग खेले।उनको  इनिंगमा ७ चौका र २ छक्का सामिल थियो। यस्तै तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका कप्तान श्रेयस ऐयरले मात्र ४० बलमा ३ चौका र १० छक्का सहित अविजित ९३ रन जोड्दा दिल्लीले निर्धारित २० ओभरमा २१९ रन बनाउन सक्यो।

कोलकत्ताको बलिंगतर्फ पियुष चावला, सिभम मावि र आन्द्रे रसेलले समान १-१ विकेट लिएका थिए।

Prithwi Sah
पृथ्वी श: ले आइपिएल करियरको पहिलो अर्धशतक प्राहार गरे

जवाफमा २२० रनको बिशाल लक्ष्य लिएर मैदान उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र जोड्न सक्यो। उसको चेजमा आन्द्रे रसेलले ३० बलमा ४४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

कुनै समय ७७ रन जोड्न ५ विकेट गुमाएको कोलकत्ताका लागि आन्द्रे रसेल र सुभ्मन गिलले ६४ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए। तर सुभ्मन गिल ३७ र आन्द्रे रसेल ४४ रन बनाएर आउट भएसंगै दिल्लीले जित आफ्नो पक्ष्मा पार्न सफल भयो।

Andre Russel
Andre Russel

दिल्लीको बलिंगमा ट्रेन्ट बोल्ट, ग्लेन म्याक्स्वेल, आभेस खान र अमित मिश्राले समान २-२ विकेट चट्काए। खेलको म्यान अफ दि म्याच दिल्ली डेयरडेभिल्सका कप्तान श्रेयस ऐयर घोषित भए ।

जितसंगै दिल्ली डेयरडेभिल्सको ७ खेलबाट २ मा जित र ५ मा हार सहित ४ अंक भएको छ र अंकतालिकामा सातौँ स्थानमा रहेको छ । दिल्लीसंग हार बेहोरेको कोलकत्ता नाइट राइड्रसको भने समान ७ खेलबाट ३ मा जित र ४ हार सहित ६ अंक रहेको छ र अंकतालिकाको चौथो स्थानमा रहेको छ । ६ खेल खेल्दै ५ मा जित हात पारेको चेन्नाई सुपरकिंग्स १० अंक सहित अंकतालिकाको शिर्ष स्थानमा यथावत रहेको छ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]