जडेजाले ४ विकेट लिंदा बंगलादेश १७३ मा सिमित

२०७५ आश्विन ५, शुक्रबार २१:०१

  • विकेटनेपाल,असोज ५ 

एसिया कप २०१८ को सुपर-४ अन्तर्गतका खेलहरु शुक्रवारबाट सुरु भएका छन्। पहिलो खेलमा भारतले बंगलादेशको सामना गर्दा दोस्रो खेलमा भने पाकिस्तानले अफगानिस्तानको सामना गर्दैछ।

समुह ‘ए’ को बिजेता भारत बिरुद्ध पहिले ब्याटिंग गरेको समुह ‘बि’ उपविजेता बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन जोडेको छ। उसको इनिंगमा मेहेदी हसनले सर्वाधिक ४२ रन जोडे।

लामो समय पछि एकदिवसीय टिममा कम्ब्याक गरेका भारतीय स्पिनर रबिन्द्र जडेजाको धारिलो बलिंगको अगाडी लगातार विकेट गुमाएको बंगलादेशले १०१ रन जोड्दा ७ ब्याट्सम्यान गुमाइसकेको थियो। सम्मानजनक स्कोरसम्म समेत नपुग्ने अवस्थामा रहेको बंगलादेशको ब्याटिंगलाई उकास्न मेहेदी हसनले कप्तान मश्रफे मोर्तजासंग आठौँ विकेटका लागि ६६ रनको साझेदारी गरे। मोर्तजा व्यक्तिगत २६ रन जोड्दै आउट भए।

नवौं विकेटका रुपमा आउट भएका मेहेदी हसनले भने व्यक्तिगत ४२ रनको उत्कृस्ट इनिंग खेले। ५० बलको सामाना गरेका उनले २ चौका र २ छक्का प्रहार गरेका थिए।

टस हारेर ब्याटिंगको निम्तो पाएको बंगलादेशको सुरुवात भने राम्रो हुन सकेको थिएन। ओपनरद्वय लिट्टन दास र नज्मुल हुसेनलाई समान ७-७ रनको व्यक्तिगत स्कोरमा गुमाएको इनिंगमा मुश्फिकुर रहिम (२१) र शाकिब अल हसन (१७) समेत चलन सकेनन्।

बंगलादेशको मध्यक्रमको ब्याटिंगलाई ध्वस्त पार्ने क्रममा रबिन्द्र जडेजाले सर्वाधिक ४ विकेट हात पारे। आफ्नो १० ओभरको स्पेलमा जडेजाले २९ रन खर्चिएर ४ विकेट लिन सफल भए। जडेजाले पछिल्लो पटक सन् २०१७, जुलाई मा वेस्ट इन्डिज बिरुद्ध एक दिवसीय खेल खेलेका थिए। यस्तै भुवनेश्वर कुमार र जस्प्रित बुम्राहको नाममा समान ३-३ विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy