मंज्रेकरलाई जडेजाको ट्वीट “तपाई भन्दा दोब्बर क्रिकेट खेलेको छु”

भारतीय विश्वकप टिममा रहे पनि हालसम्म अन्तिम-११ मा स्थान बनाउन असफल रहेका देब्रे हाते स्पिनर रभिन्द्र जडेजा आज गरेको एक ‘ट्वीट’ का कारण चर्चामा रहेका छन्।

भारत विश्वकपको सेमीफाइनल प्रवेश गरिसके पनि जडेजा टिमको पहिलो रोजाइमा परेका छैनन्। यस क्रममा भारतले इग्ल्यांडसंगको खेलमा हार बेहोरेपछि भारतको ब्याटिंग प्रशिक्षक संजय बांगरले पत्रकारहरुसंगको कुराकानीमा जडेजालाई टिममा मौका दिने बारे टिमले विचार गर्ने बताएका थिए।

बांगरको प्रतिक्रिया पछि विश्वकपमा कमेन्टेटरको भूमिकामा रहेका तथा पुर्व भारतीय राष्ट्रिय क्रिकेटर संजय मन्ज्रेकरले एक कुराकानीको क्रममा बोल्दै जडेजालाई अन्तिम-११ मा राख्न कुनै जरुरी नभएको र उनि पूर्ण क्रिकेटर नभएको बताए।

“हामीलाई यस्तो खेलाडीको कुनै जरुरि छैन जो थोरै ब्याटिंग गर्न सक्छ र थोरै बलिंग पनि गर्न सक्छ। म पूर्ण खेलाडीलाई मात्रै अन्तिम-११ मा देख्न चाहन्छु, त्यसो खेलाडीहरुलाई हैन जसले किस्तामा प्रदर्शन गर्छन्”

मन्ज्रेकरको उक्त बयान पछि जडेजाले आफुलाई सम्हाल्न सकेनन् र ट्वीटर मार्फत मन्ज्रेकरको विश्लेषणलाई कडा जवाफ फर्काए।

जडेजाको प्रतिक्रिया स्वरूप ट्वीट – “तपाईले भन्दा २ गुणा खेल खेलीसकेको छु र अझै खेलीरहेको छु। यस्तो व्यक्तिहरुलाई सम्मान गर्न सिक्नु होला जसले धेरै सफलता हाँसिल गरेको छ। मैले तपाईको ‘भर्बल डायरिया’ को बारेमा धेरै सुनेको छु”

भारतको लागि ३७ टेस्ट र ७४ एकदिवसीय खेलेका मन्ज्रेकरलाई नकरात्मक आलोचना र मुम्बईको खेलाडीहरुको बढी तारिफ गर्ने कमेन्टेटरको फ्यानहरुले बिरोध गर्नेगरेका छन्। अर्कोतर्फ भारतको लागि ४१ टेस्ट, १५१ एकदिवसीय र ४० टि-२० खेलीसकेका जडेजाले पछिल्लो समय एकदिवसीय टिममा स्थान बनाउन संघर्ष गर्दै आएका छन्।

जडेजाको ट्वीटपछि मन्ज्रेकरले भने प्रतिक्रिया दिएका छैनन्। तथापी ट्वीटपछि जडेजाले भने फ्यानहरुको समर्थन बटुलेका छन्। केहि समर्थकले भने मन्ज्रेकर खराब भए पनि खेलाडीले सामाजिक संजालमा यस्तो धारणा राख्न नहुने र ठुलो क्रिकेटरको सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। केहिले विश्वकपको दौरान क्रिकेटर सामाजिक संजालमा उपस्थित हुन नहुने बताएका छन्।

ट्वीटरमा आएका प्रतिक्रियाहरु :-

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]