अपत्यारिलो ब्याटिंग गर्दै जडेजाको किर्तिमान, चेन्नाईले रोक्यो बैंगलोरको जितको शिलशिला

बैंगलोरको लगातार पाँचौ जित दर्ता गर्ने चाहनालाई चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ५ खेलमा चेन्नाई चौथो जित पछि ८ अंक सहित पहिलो स्थानमा छ। समान अंक रहेता पनि नेट रन रेटमा पछि परे बैंगलोर दोश्रो स्थानमा झरेको छ। ६ अंक रहेको दिल्ली तेश्रो स्थानमा छ।

मुम्बई स्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो र ६९ रनले पराजित हुन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कलले सर्वाधिक ३४ रन, ग्लेन म्याक्सवेलले २२ रन,कायल जेमीसनले १६ रन तथा मोहम्मद सिराजले १२ रन बनाए।बिराट कोहलीले ८ रन तथा एबि डी भिल्लीयर्सले ४ रन मात्र बनाए।

 

चेन्नाईको बलिंगमा रभिन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १३ रन खर्चिए। इमरान ताहिरले २ विकेट ( ४-०-१६-२ ) तथा स्याम करन र शार्दुल ठाकुरले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १९१ रन बनाएको थियो।

चेन्नाई ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीले ७४ रनको साझेदारी गरेका थिए। दशौँ ओभरमा गायकवाड ३३ रन बनाएर आउट भए। त्यसपछि २४ रन बनाएका सुरेश रैना र ५० रन बनाएका डु प्लेसीलाई हर्षल पटेलले १४ औं ओभरमा पेभेलियन फर्काउदै बैंगलोरलाई खेलमा फर्काए।

पाँचौ नम्बरमा आएका रभीन्द्र जडेजाले त्यसपछि चेन्नाईको इनिंग्स सम्हाले। चौथो विकेटको लागि उनले अम्बाती रायडुसंग ३१ रन जोडे।

जडेजाले हर्षल पटेलले गरेको इनिंग्सको अन्तिम ओभरमा ५ छक्का र १ चौका प्रहार गर्दा चेन्नाईले विशाल योगफल बनाउन सक्यो। ओभरमा पटेलले एउटा नो बल पनि गरेका थिए। उक्त ओभरमा कुल ३७ रन बन्न पुग्यो।

हर्षल पटेलको ओभर – छक्का, छक्का, छक्का ( नो बल ) , छक्का, २ रन, छक्का, चौका

जडेजाको किर्तिमान 

आईपीएल इतिहासमै एकै ओभरमा ५ छक्का प्रहार गर्ने जडेजा तेश्रो खेलाडी बनेका छन्। यस आघ क्रिस गेल र राहुल तेवतियाले मात्र यस्तो गरेका थिए।

हर्षल पटेलको एकै ओभरमा ५ वटा छक्का, एउटा चौका र २ रन लिएका जडेजाले कुल ३६ रन बनाए। आईपीएल इतिहासमै एकै ओभरमा कुनै ब्याट्सम्यानले प्रहार गरेको यो संयुक्तरुपमा सर्वाधिक रन हो। यस अघि क्रिस गेलले कोची टस्कर्सका बलर परमेश्वरनलाई एकै ओभरमा ३६ रन प्रहार गरेका थिए। गेलले त्यस ओभरमा ४ छक्का र ३ चौका प्रहार गरेका थिए।

एकै ओभरमा ३७ रन खर्चेका हर्षल पटेल आईपीएल इतिहासमै संयुक्तरुपमा एकै ओभरमा सर्वाधिक रन खर्चने बलर बनेका छन्। यस भन्दा अघि २०११ मा कोची टस्कर्सका बलर परमेश्वरनले बैंगलोरबिरुद्ध ३७ रन खर्चेका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/pak-series-2-1-win-vs-zim-wn21/

https://wicketnepal.com/ned-captain-seelaar-aboout-nepal-wn21/

https://wicketnepal.com/kushal-pos-6-thula-kirtiman-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy