प्रशिक्षक जगत टमाटाको उपस्थितिमा महिला टिम तयार गर्न सप्तरीमा प्रशिक्षण

  • विकेटनेपाल, राजबिराज १२, मंसिर

सप्तरीमा किशोरी क्रिकेट उत्पादनसँगै बिकास गर्ने उदेश्यले सुरुङ्गा र खडग नगरपालिकामा १ महिने किशोरी क्रिकेट प्रशिक्षण सुरु भएको छ। खडग नगरपालीका वडा नम्वर स्थितकल्याणपुरको खेल मैदानमा १ महिने किशोरी क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको हो।

सुरुङ्गा नगरपालीका तथा खडग नगरपालीकाको संयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा यस क्षेत्रमा किक्रेटको बिकासलाई उकास्ने उदेश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उदेश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरी टिम बर्षाैदेखी बन्न नसकेकोले सप्तरी टिम बनाई प्रतियोगितामा सहभागिता गराउने उदेश्य रहेको सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ बताए।

सो अवसरमा नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत टमाटाले एक कार्यक्रम बिच १ महिने किशोरी क्रिकेट प्रशिक्षणको ब्याटिंग गर्दै उदघाटन गरेका थिए।

महिला प्रशिक्षण कार्यक्रमको लागि खुल्ला रुपमा आवदेन माग गरे अनुसार १ सय १४ जना किशोरीहरुले स्वयं आवेदन दिएका थिए। टमाटाले सोही किशोरीहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

सो प्रशिक्षणबाट उत्कृष्ट ३० जना किशोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष तथा सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले बताए।

सो अवसरमा सुरुङ्गा नगरपालिका उपमेयर बपन्दा पासवान, खडग नगरपालीका का उपमेयर यासमिन यसमिन सुल्तान, वडा अध्यक्ष भगबति चौधरी, सेभ द चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नगरपालिकाका ६ का वडा अध्यक्ष भगबति चौधरी, वडा नं. ८ का वडा अध्यक्ष मो ईसराईल, वडा नं. १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासँघ सप्तरीका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवन देब , सहसचिव चन्दनकुमार यादब, सबल नेपालका सम्मुन्न्नती कार्यक्रमका संयोजक नन्दकिसोर चौधरी, सबल नेपालका असोक साह, प्रमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर सँघका अध्यक्ष निरज सिँह, बाल कल्वका मो ताहिर तथा बरदान श्रेष्ठ लगायतले  मन्तवय दिएका थिए।

टमाटालाई भब्य स्वागत 

राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत टमाटा सप्तरीको राजबिराज आउने खबर पाउना साथ सप्तरीका खेलाडिहरु, बजाज वारिर्यसका खेलाडिहरु तथा शिव ईन्टरनेश्नलका बिद्यार्थीहरुले उहाँलाई एयरपोर्टमै गई फुलमाला लगाई भब्य स्वागत गरिएको थियो भने खडक नगरपालिकामा रहेको कार्यक्रममा समेत किशोरी खेलाडिहरुले उहाँलाई भब्य स्वागत गरेका थिए। त्यसै गरि टमाटालाई सबल नेपाल
र सेभ द चिल्ड्रेनले समेत स्वागत तथा सम्मान गरेका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]