CPL : लगातार चौथो खेलमा सन्दिपको शानदार बलिंग

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत जमैका तलावाजको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले चौथो खेलमा पनि राम्रो बलिंग गरेका छन्।

गायना अमेजन वारियर्ससंग लगातार दोश्रो खेल खेल्नेक्रममा नेपाली स्पिनरले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिएका हुन्। प्रतियोगितामा सन्दिपले आफ्नो विकेट संख्या ४ खेलमा ५ विकेट पुर्याएका छन्।

ट्रिनिडाड एन्ड टोबागो स्थित क्विन्स पार्क ओभल मैदानमा सम्पन्न खेलमा टस जितेर जमैकाले फिल्डिंग रोजेको थियो। गायनाको योगफल ५०/३ रहेको अवस्थामा १० औं ओभरमा बलिंग गर्न आएका सन्दिपले स्पेलमा १६ वटा डट बल फाल्दै बिपक्षी टिमलाई निरन्तर दबाबमा राखे।

खेलमा टस हारेर ब्याटिंग गरेको गायनाले २० ओभरमा ८ विकेट गुमाएर १०८ रन बनाउदै जमैकालाई १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ। जमैकाको लागि मुजिब उर् रहमान र फिडेल एड्वार्ड्सले समान ३/३ विकेट लिए। यो पढ्नुसमुजिबले घातक बलिंग गर्दा गायना १०८ मा सिमित , सन्दिपको राम्रो बलिंग

यस्तो रह्यो सन्दिपको ४ ओभर 

सन्दिपको पहिलो ओभर : ३ रन ( ० , २ , १ , ० , ० , ० ) 

१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले ओभरमा ४ वटा डट बल राख्दै क्रिजमा जमीरहेका रस टेलर र निकोलस पुरनलाई सट खेल्ने मौका दिएनन्।

सन्दिपको दोश्रो ओभर : ४ रन खर्चेर १ विकेट ( विकेट, वाइड, ० , ० , ० , १ , २ ) 

लगत्तै स्पेलमा बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमै १ रन बनाएका शरफेन रथरफोर्डलाई क्याच आउट गराए। अघिल्लो खेलमा पनि सन्दिपलेनै रथरफोर्डको विकेट लिएका थिए। सन्दिपको गुगलीलाई टर्नको विपरित खेले क्रममा ब्याटको माथिल्लो किनारा लाग्दै आसिफ अलि बाट क्याच आउट भए। ओभरमा सन्दिपले ४ रन खर्चेर १ विकेट लिए।

सन्दिपको तेश्रो ओभर : १ रन ( ० , ० , १ , ० , ० , ० ) 

१४ औं ओभरमा झनै कसिलो बलिंग गर्ने क्रममा सन्दिपले ५ बल डट राख्दै मात्र १ रन खर्चिए। यस क्रममा उनले किमो पौल र गायना कप्तान क्रिस ग्रिनलाई बाँधेर राखे।

सन्दिपको चौथो ओभर : ४ रन ( १ , २ , ० , ० , १ ) 

लगातार तेश्रो सिजन सिपिएल टि-२० खेलीरहेका सन्दिपलाई जमैकाले ९० हजार डलर तिरेर भित्र्याएको थियो। उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।

सन्दिपको यस अघिको ३ खेलमा प्रदर्शन 

लिग अन्तर्गत पहिलो ३ खेलमा ४ विकेट लिएका सन्दिपले अघिल्लो खेलमा गायना बिरुद्ध मात्र ८ रन खर्चेर २ विकेट लिंदै नयाँ व्यक्तिगत किर्तिमान तथा सिपिएल इतिहासकै सातौँ किफायती स्पेल दर्ता गरेका थिए।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

यो पनि पढ्नुस :- 

https://wicketnepal.com/st-kitts-nevis-11th-m-rep-wn20/

https://wicketnepal.com/eng-10-years-wn20/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]