CPL T20 : जमैकाको १० औं खेल सेन्ट लुसिया बिरुद्ध आज

करेबियन प्रिमियर लिग ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले लिग चरणको अन्तिम खेलमा डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्ससंग प्रतिस्पर्धा गर्दैछ। लिग अंकतालिकामा सेन्ट लुसिया १० अंक सहित तेश्रो स्थानमा तथा जमैका ७ अंक सहित चौथो स्थानमा रहेका छन्। दुवै टिमले यस अघिनै सेमीफाइनलमा स्थान बनाइसकेका छन्। आजको खेलको नतिजाले अंकतालिकामा जमैकाको स्थान परिवर्तन हुनेछैन। लिग अन्तर्गत पहिलो सेमीफाइनलमा जमैकाले ट्रिनबागोसंग मंगलबार खेल्नेछ। यस्तै दोश्रो सेमीफाइनामा गायनाले सेन्ट लुसिया जुक्ससंग सेप्टेम्बर ९ तारिकमा खेल्नेछ।

खेल : जमैका तलावाज VS सेन्ट लुसिया जुक्स

मिति र समय : सेप्टेम्बर ६ , राति १२:०० बजे ( नेपाली समय ) , १० बजे ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका ३ – २ सेन्ट लुसिया

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को खेल टिभीमा स्टार स्पोर्ट्समा हेर्न सकिन्छ। यस्तै सीपीएल टि-२० को Faebook तथा Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, विरासामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

सेन्ट लुसिया जुक्स टिम : डेरेन सामी ( कप्तान ), रोस्टन चेज, मोहम्मद नबि , नजीबुल्लाह जद्रान, आन्द्रे फ्लेचर, केसरिक् विलियम्स, स्कट कुगेलजिन, चेमार होल्डर, ओबेड म्यकोय, रखिम कर्नवाल, मार्क डेयाल, जाहिर खान, किमानी मेलियस, लेनिको बाउचर, काभेम हज, जाभेले ग्लेन

अघिल्लो भेटमा के भएको थियो  

लिग अन्तर्गत यस अघि जमैका र सेन्ट लुसिया बीच सम्पन्न खेलमा जमैका ५ विकेटले विजयी भएको थियो। सेन्ट लुसियाले दिएको १५९ रनको अक्षय जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। जमैकाको लागि मुजिब उर् रहमान र भिरासामी परमौलले समान २ विकेट लिएका थिए भने ब्याटिंगमा असिफ अलिले ४७ र ग्लेन फिलिप्सले ४४ रन बनाएका थिए। सेन्ट लुसियाको लागि रोस्टन चेजले ५२ रन बनाएका थिए। यो पढ्नुस – जमैकाद्वारा सेन्ट लुसिया पराजित, राम्रो रह्यो सन्दिपको प्रदर्शन

लिगमा जमैकाको हालसम्मको नतिजा  ( ९ खेलमा ३ जित, ५ हार, १ नतिजाविहिन )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

छैठौं खेल Vs सेन्ट किट्स – ३७ रनले विजयी 

सातौँ खेल Vs ट्रिनबागो – १९ रनले पराजित 

आठौँ खेल Vs सेन्ट किट्स – नतिजाविहिन 

नवौं खेल Vs बार्बेडोस – ७ विकेटले पराजित 

लिगमा सेन्ट लुसियाको हालसम्मको नतिजा ( ९ खेलमा ५ जित र ४ हार ) 

पहिलो खेल Vs जमैका – ५ विकेटले पराजित

दोश्रो खेल Vs बार्बेडोस – ७ विकेटले विजयी

तेश्रो खेल Vs सेन्ट किट्स – १० रनले विजयी 

चौथो खेल Vs गायना – १० रनले विजयी

पाँचौ खेल Vs ट्रिनबागो – ६ विकेटले पराजित

छैठौं खेल Vs सेन्ट किट्स – ६ विकेटले विजयी 

सातौँ खेल Vs बार्बेडोस – ३ रनले विजयी 

आठौँ खेल Vs  गायना – ७ विकेटले पराजित 

नवौं खेल Vs ट्रिनबागो – २३ रनले पराजित 

जमैकाको लयमा रहेका २ खेलाडी :-

आन्द्रे रसेल : लिग अन्तर्गत ७ खेलमा ६ इनिंग ब्याटिंग गरेका रसेलले ७३.३३ को औशतले २२० रन बनाएका छन्। यस क्रममा उनले ३ अर्धशतक बनाएका छन् भने १४५.६९ को शानदार स्ट्राइक रेटमा ब्याटिंग गरेका छन्। रसेलले बार्बेडोससंग अघिल्लो खेलमा ५४ रन, त्यस अघि ट्रिनबागो नाइट राइडरस बिरुद्ध अविजित ५० रन बनाएका थिए। त्यस अघि उनले गायना बिरुद्ध २ वटा खेलमा अविजित २३ र ५२ रन बनाएका थिए। तल्लो क्रममा विस्फोटक ब्याटिंग गरिरहेका रसेल उत्कृस्ट लयमा देखिएका छन्।

सन्दिप लामिछाने र आन्द्रे रसेल

सन्दिप लामिछाने : लिग अन्तर्गत धेरै विकेट लिने सूचीमा ११ विकेट सहित चौथो स्थानमा मोहम्मद नाबी, नभिन उल हक, केसरिक् विलियम्स र राशिद खानसंगै संयुक्तरुपमा रहेका छन्। सन्दिपले यस क्रममा मात्र ५.०६ प्रतिओभर रन खर्चेका छन्। सन्दिपले लिगमा बार्बेडोस, सेन्ट किट्स र गायना बिरुद्धकको खेलमा २/२ विकेट लिएका थिए।

सेन्ट लुसियाको लयमा रहेका २ खेलाडी :-

स्कट कग्लेजिन : ९ खेलमा १४ विकेट लिंदै लिगको दोश्रो सर्वाधिक विकेटकर्ता कग्लेजिनले हरेक १२ बल फाल्दा १ विकेट लिएका छन्। न्युजिल्यान्डका दायाँ हाते फास्ट बलरले यस क्रममा सेन्ट किट्स बिरुद्ध एकै खेलमा ४ विकेट लिएका थिए। यस्तै गायन बिरुद्ध ३ विकेट तथा बार्बेडोस र ट्रिनबागो बिरुद्ध समान २/२ विकेट लिएका थिए।

स्कट कग्लेजिन र मोहम्मद नाबी

मोहम्मद नाबी : अफगानी अलराउण्डरले ब्याटिंग र बलिंग दुवैमा टिमलाई योगदान दिएका छन्। ब्याटिंगमा ९ खेलमा ८ इनिंगमा उनले १५३ रन बनाएका छन् भने बलिंगमा ११ विकेट लिएर चौथो सर्वाधिक विकेटकर्ता हुन्। अफ स्पिनर नाबीले सेन्ट किट्स बिरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए। यस्तै ट्रिनबागो बिरुद्ध १ विकेट तथा विजित ३० रन, सेन्ट किट्स बिरुद्ध १ विकेट तथा अविजित ३५ रन तथा गायन बिरुद्ध १ विकेट तथा २७ रन बनाएका थिए। उनि प्रतियोगिताकै उत्कृस्ट खेलाडीको दावेदार पनि रहेका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-good-bowl-vs-jamaica-lost-vs-barbados-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/24-year-ago-today-nepal-1st-match-vs-bng-wn20/

https://wicketnepal.com/pollard-perf-trinbago-9th-win/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]