सन्दिप, रसेल, मुजिब चम्किएता पनि जमैका पराजित, सन्दिपको कीर्तिमानी बलिंग

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत जमैका तलावाजले लगातार दोश्रो खेलमा हार बेहोरेको छ। पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको जमैका दोश्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग ७ विकेटले पराजित भएको थियो।

गायना अमेजन वारियर्ससंग १४ रनले पराजित हुने क्रममा जमैका ११९ रनको लक्ष्य पछ्याउन असफल भएको हो। २० ओभर ब्याटिंग गर्दै जमैकाले ७ विकेट गुमाएर १०४ रन मात्र बनाएपछि टिमले तेश्रो खेल खेल्दा दोश्रो हार बेहोरेको हो।

हारपछि २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। जितको साथ गायना भने अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ। अब जमैकाले आगामी खेल अगस्ट २६ तारिक बिहान ३:१५ बजे गायना बिरुद्धनै खेल्नेछ।

रसेलको विस्फोटक ब्याटिंगले दिलाएन जित 

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको जमैकाले ५९ रन बनाउदा ७ विकेट गुमाएको थियो। त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गर्न आएका आन्द्रे रसेलले एक किनार सम्हाल्दै विस्फोटक ब्याटिंग गरेर टिमलाई जितको आशा दिलाएका थिए।

रसेलले इमरान ताहिरले गरेको १८ औं ओभरमा २ छक्का र १ चौका मद्दतले १७ रन तथा लगत्तै १९ औं ओभरमा नभिन उल हकलाई पहिलो २ बलमा चौका र  छक्का प्रहार गर्दा अन्तिम ९ बलमा जितको लागि जमैकालाई २२ रन आवस्यक रहेको थियो। तर त्यसपछि नभीन उल हकले १९ औं ओभरको अन्तिम ४ बलमा कुनै पनि रन दिएनन् र रसेललाई ठुलो सट खेल्नबाट रोक्न सफल भए।

अन्तिम ओभरमा २२ रन आवस्यक रहंदा दोश्रो बलमा स्ट्राइक पाएता पनि किमो पौलले रसेललाई ठुलो सट खेल्न दिएनन्। लगातार ४ बल डट फालेपछि अन्तिम बलमा रसेलले छक्का प्रहार गरेता पनि टिमको हार जोगाउन सकेनन्।

रसेलले अविजित ५२ रन बनाए जुन क्रममा ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस अघि कप्तान रोभ म्यान पावेलले २३ र असिफ अलिले १४ रन बनाएका थिए। आठौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप लामिछाने ३ बलमा खाता नखोली इमरान ताहिरबाट एलबिडब्लु आउट भए।

गायना कप्तान ग्रिनले उत्कृस्ट बलिंग गर्दै २ विकेट लिए

गायनाको बलिंगमा कप्तान क्रिस ग्रिनले सर्वाधिक २ विकेट लिए जुन क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र १० रन खर्चिए। यस्तै इमरान ताहिर, असमेड निड, नभिन उल हक, किमो पौल र चद्रपौल हेमराजले समान १/१ विकेट लिए।

गायनाको ब्याटिंग , सन्दिप र मुजिबको उत्कृस्ट बलिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको गायनाले १९.१ ओभरमा सबै विकेट गुमेर ११८ रन बनाउन सकोक थियो।

गायनाको लागि ओपनर ब्रेन्डन किंगले सर्वाधिक २९ रन, चन्द्रपौल हेमराज र रस टेलरले समान २१ रन तथा नभिन उल हकले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

राम्रो सुरुवात गरेको गायनाको लागि ओपनर किंग र हेमराजले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरेका थिए। छैठौं ओभरमा अफगानीस्तान अफ स्पिनर मुजिब उर् रहमानले लगातार २ विकेट लिंदै किंग र शिमरन हेटमायरलाई आउट गरेपछि गायना खेलमा फर्कन सकेन। मुजिब पछि नेपालि स्पिनर सन्दिपले बीचको ओभरमा कन्जुस्याइँपूर्ण बलिंग गर्दै २ विकेट लिंदा गायनाको इनिंग धरासायी बन्न पुग्यो।

जमैकाको बलिंगमा अफ स्पिनर मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट ( ४-०-१८-३ ) लिए जुन क्रममा गायनाको माथिल्लो क्रमको ब्याट्सम्यानलाई पेभेलियन फर्काए। त्यस्तै सन्दिप लामिछानेले मध्यक्रमका ब्याट्सम्यानहरुलाई पेभेलियन फर्काउने क्रममा २ विकेट लिन ४ ओभरमा मात्र ८ रन खर्चिए। कार्लोस ब्राथवेटले २ तथा आन्द्रे रसेलले १ विकेट लिए।

सन्दिपले विदेशी टि-२० लिग करियरमै पुरा ओभर बलिंग गर्दा सबैभन्दा किफायती बलिंग गरे

सन्दिपको विदेशी टि-२० लिग इतिहासमै किफायती बलिंग

सिपिएल टि-२० मा सन्दिपले आफ्नो शानदार लयलाई जारि राख्ने क्रममा तेश्रो खेलमा गायना बिरुद्ध अझ राम्रो बलिंग गरे। उनले विदेशी टि-२० लिग करियरमै पुरा ओभर बलिंग गर्दा सबैभन्दा किफायती बलिंग गर्नुको साथै २ विकेट समेत खेलमा लिए।

४ ओभरमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिए जुन क्रममा गायना कप्तान क्रिस ग्रिन र शर्फेन रुथरफोर्डको विकेट पनि लिए।

विदेशी टि-२० लिगमा सन्दिपले पुरै ४ ओभर बलिंग गर्दा यो सबैभन्दा किफायती बलिंग स्पेल हो। यस अघि सन्दिपले २०१९ को पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडीएटरस बिरुद्ध ४ ओभरमा १० रन खर्चेर २ विकेट लिएका थिए। २०१८ को सिपिएल टि-२० मा गायना बिरुद्धनै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दिपको ओभर-ओभरमा कस्तो रह्यो बलिंग

पहिलो ओभर :- २ रन ( १ , ० , १ , ० , ० , ० )

गायनाले लगातार विकेट गुमाएको अवस्थामा नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरे।

दोश्रो ओभर :– १ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , ० )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। ओभरमा सन्दिपले मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दिपले रननै खर्चेनन्।

तेश्रो ओभर :- ३ रन ( ० , ० , १ , २ , ० , ० )

लगातार तेश्रो ओभर उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई खुलेर खेल्न दिएनन्।

चौथो ओभर :- २ रन दिएर १ विकेट ( ० , ० , १ , विकेट , ० , वाइड , ० )

लगातार स्पेलमा बलिंग गर्ने क्रममा १५ औं ओभरमा सन्दिपले झनै उत्कृस्ट बलिंग गरे। ओभरमा मात्र २ रन खर्चेर १ विकेट समेत उनले लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दिपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा रन दिएनन्।

सन्दिपको नयाँ किर्तिमान

सन्दिपले खेलेको अहिलेसम्मकै विदेशी टि-२० लिगमा ४ ओभर बलिंग गर्दा वा खेलमा आफुले पाएको पुरा ओभर बलिंग गर्दा गरेको यो सबैभन्दा किफायती बलिंग हो। यस अघि खेलमा पुरा ओभर बलिंग गर्दा सन्दिपले सबैभन्दा कम ११ रन खर्चिएका थिए। २०१९ को बिग ब्यास लिगमा सिड्नी थन्डर्स बिरुद्ध ३.४ ओभर बलिंग गर्दा सन्दिपले मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए। अन्तिम ब्याट्सम्यानको विकेट लिएपछि सन्दिपको स्पेल सकिएको थियो।

यस्तै खेलमा पुरा ४ ओभर बलिंग गर्दा २०१८ को करेबियन प्रिमियर लिगमा गायना बिरुद्ध सन्दिपले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए।

नेपाली राष्ट्रिय टिमको लागि टि-२० अन्तर्राष्ट्रियमा सन्दिपको सबैभन्दा किफायती बलिंग स्पेल थाइल्याण्ड बिरुद्धको ४-२-९-१ हो। यसै वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न टि-२० प्रतियोगिता अन्तर्गत सन्दिपले थाइल्याण्ड बिरुद्ध ४ ओभरमा ९ रन मात्र खर्चेर १ विकेट लिएका थिए जुन क्रममा २ मेडन ओभर गरेका थिए।

नेपालको टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा किफायती स्पेलको कुरा गर्दा सन्दिपको थाइल्याण्ड बिरुद्धको उक्त स्पेल चौथो किफायती हो। सबैभन्दा किफायती स्पेलको किर्तिमान पवन सर्राफको नाममा रहेको छ जसले गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद ( साग ) मा माल्दिभ्स बिरुद्ध ३ ओभरमा मात्र ३ रन खर्चेका थिए। उनले ३ ओभरमा २ ओभर मेडन गर्दै १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासकै सातौँ किफायती स्पेल

यस्तै करेबियन प्रिमियर लिग टि-२० को आठौँ संस्करणसम्म सन्दिपले गरेको स्पेल संयुक्तरुपमा सातौँ किफायती स्पेल हो। सन्दिपसंगै गायनाका वर्तमान कप्तान क्रिस ग्रिनले पनि २०१८ को सिपिएलमा ट्रिनिडाड बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै सुनिल नारायणले पनि २०१७ मा ट्रिनिडाडबाट खेल्ने क्रममा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा १ मेडन ओभर गर्दै ८ रन खर्चेर १ विकेट लिएका थिए।

सिपिएल टि-२० इतिहासको सबैभन्दा किफायती स्पेलको रेकर्ड पाकिस्तानका बलर मोहम्मद इरफानको नाममा रहेको छ। इरफानले २०१८ को सिपिएल टि-२० मा सेन्ट किट्स बिरुद्ध ४ ओभरमा ३ मेडन ओभर गर्दै मात्र १ रन खर्चेर २ विकेट लिएका थिए। उनको इकोनोमी रेट मात्र ०.२५ रहेको थियो। यस्तै शोयब मलिक, सुनिल नारायण र सोहेल तन्बिरले ४ ओभरमा मात्र ३ रन खर्चेका छन्। इरफान, मालिक, नारायण र तन्भिर सिपिएलमा १ भन्दा कमको इकोनोमिमा बलिंग गर्ने ४ बलर हुन्।

सिपिएल टि-२० इतिहासमा २ वा त्यो भन्दा कमको इकोनोमि रेटमा हालसम्म सन्दिप सहित १५ जना बलरले मात्र बलिंग गर्न सकेका छन्।

यो पनि पढ्नुस :-

सन्दिपको नयाँ व्यक्तिगत किर्तिमान, सिपिएल इतिहासकै सातौँ किफायती बलर

इंग्ल्यान्डको विशाल योगफल पछि पाकिस्तानको कमजोर सुरुवात

CPL T20 : सेन्ट किट्सको लगातार तेश्रो हार, नाबीको अलराउण्ड प्रदर्शन

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

क्यानद्वारा २३ पुरुष राष्ट्रिय क्रिकेटर सहित ५० जनाको कोरोना बीमा

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]