CPL : सन्दिपको टिम जमैकाद्वारा ट्रिनबागोलाई १३६ रनको लक्ष्य

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाजले दोश्रो खेलमा काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

ट्रिनिडाड एण्ड टोबागो स्थित ब्रायन लारा क्रिकेट एकेडेमी स्टेडियममा जारि खेलमा पहिले ब्याटिंग गर्दै जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाउदै ट्रिनबागोलाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ट्रिनबागो नाइट राइडर्सले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको जमैकाले अत्यन्त खराब सुरुवात गरेको थियो। ओपनर चाडविक वाल्टन र निकोलस किर्टन खाता नखोली तथा कप्तान रोभम्यान पावेल ८ रन बनाएर आउट हुँदा तेश्रो ओभरमा जमैकाले ३ विकेट गुमाएको थियो। अलि खानले सुरुवाती स्पेलमा २ विकेट लिएका थिए।

अर्धशतक बनाएका फिलिप्सले पहिलो खेलमा पनि जुक्स बिरुद्ध ४४ रन बनाएका थिए

१९/३ को अवस्थाबाट ओपनर ग्लेन फिलिप्सले अर्धशतक बनाउदै टिमलाई उकासेका थिए। यसक्रममा उनले असिफ अलिसंग ३९ रनको तथा आन्द्रे रसेलसंग ३६ रनको साझेदारी गरे। १६ औं ओभरमा आउट हुनु अघि उनले ४२ बलमा ५ चौका र ४ छक्का मद्दतले ५८ रन बनाए।

फिलिप्सको विकेट आन्द्रे रसेलले अन्तिम ओभरमा आक्रामक ब्याटिंगको अपेक्षा गरिएता पनि उनले २५ रन बनाएर आउट भए। ड्वेन ब्राभोले क्याच आउट गराउनु अघि उनले २६ बलमा ३ चौका प्रहार गरे। रमाल लुइसले अविजित १५ रन बनाए। सन्दिप लामिछाने बलको सामना नगरी खाता नखोली अविजित रहे।

ट्रिनबागोको बलिंगमा अलि खान ( ४-०-२५-२ ) र जेडन सिल्स ( ३-०-२१-२ ) ले समान २/२ विकेट लिए। सुनिल नारायण ( ४-०-१९-१ ) , फवाद एहमद ( ३-१-१८-१ ) र ड्वेन ब्राभो ( ४-०-३२-१ ) ले समान १/१ विकेट लिए।

Jayden Seales (L) and Asif Ali (R) of Trinbago Knight Riders

लिग अन्तर्गत जमैकाले विजयी सुरुवात  गर्ने क्रममा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो। १५९ रनको लक्ष्य जमैकाले ५ विकेट गुमाएर पुरा गरेको थियो। यस्तै ट्रिनबागोले पनि पहिलो खेलमा  गायना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो। १७ ओभरमा छोट्याइएको खेलमा गायनाले दिएको १४५ रनको लक्ष्य ट्रिनबागोले ६ विकेट गुमाएर १६.४ ओभरमा पुरा गरेको थियो।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/sandeep-2nd-m-prev-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]