CPL : सेन्ट किट्स बिरुद्ध जितमा सन्दिपको २ विकेट, अंकतालिकामा उक्लियो जमैका

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले तेश्रो जित दर्ता गर्ने क्रममा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई ३७ रनले पराजित गरेको छ। खेलमा नेपाली स्पिनर सन्दिप लामिछानेको प्रदर्शन पनि राम्रो रह्यो जसले २ विकेट हात पारे।

जित पछि जमैका ६ खेलमा ३ जित र ३ हार सहित अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान ६ खेल खेलेको ट्रिनबागो १२ अंक सहित पहिलो र सेन्ट लुसिया ८ अंकसहित दोश्रो स्थानमा रहेको छ। बार्बेडोस चौथो, गायना पाँचौ र सेन्ट किट्स पाँचौ हारपछि छैठौं स्थानमा रहेको छ। सबै टिमले कुल १० खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

लिगमा जमैकाले यस अघि पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले तथा चौथो खेलमा गायनालाई पनि ५ विकेटले पराजित गरेको थियो। यस्तै गायनासंगनै १४ रनले, बार्बेडोससंग ३६ रनले तथा ट्रिनबागोसंग ७ विकेटको हारको सामना गरेको थियो।

चलेन सेन्ट लुसियाको ब्याटिंग 

खेलमा पहिले ब्याटिंग गर्दै दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १९.४ ओभरमा ११० रन मात्रै बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा सुरुवात देखि सेन्ट किट्सले लगातार विकेट गुमाएको थियो। उसको लागि इभिन लुइस र काइरन पावेलले समान २१ रन तथा निक किलीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

जमैकाको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट ( ३.४-१-११-३ ) लिए भने सन्दिप लामिछाने ( ४-०-२७-२ ) र भिरास्वामी परमौल ( ४-०-२०-२ ) ले समान २/२ विकेट लिए। मुजिब उर् रहमानले १ विकेट लिएता पनि ४ ओभरमा मात्र १२ रन खर्चिए।

ओपनर ग्लेन फिलिप्सले अविजित अर्धशतक बनाए

उत्कृस्ट इनिंग पछि फिलिप सर्वाधिक रनकर्ता

यस अघि खेलमा टस जितेर ब्याटिंग गरेको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

जमैकाको लागि प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउने क्रममा अविजित ब्याटिंग गरे। उनले ६१ बलमा २ चौका र ६ छक्का प्रहार गरे। अर्को किनारमा निरन्तर विकेट गुमेता पनि फिलिप्सले धैर्यपूर्वक ब्याटिंग गरेका थिए। उनले इनिंगको १७ औं ओभरमा शेल्डन कटरेललाई लगातार ३ छक्का प्रहार गरेका थिए। उत्कृस्ट इनिंग पछि फिलिप्स प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् जसले ६ खेलमा २०७ रन बनाएका छन्।

टिमका अन्य ब्याट्सम्यान जर्माइन ब्ल्याकवुडले २७, क्रुमाह बोनर, १६ तथा आसिफ अलिले १४ रन बनाए।

सेन्ट किट्सको बलिंगमा कप्तान रायद इम्रिटले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। शेल्डन कटरेल ( १/४३ ), इमरान खान ( १/७ ) र इश सोढ़ी ( १/२७ ) ले समान १/१ विकेट लिए।

सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा 

सेन्ट किट्स बिरुद्ध २ विकेट संगै सन्दिपले प्रतियोगितामा विकेट संख्या ९ पुर्याएका छन् र धेरै विकेट लिने बलरको सुचीमा चौथो स्थानमा उक्लेका छन्। सन्दिपसंगै मोहम्मद नाबीको पनि समान ९ विकेट रहेको छ र संयुक्तरुपमा चौथो स्थानमा छन्। जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान १३ विकेट सहित पहिलो स्थानमा रहेका छन्। इमरान ताहिर र स्कट कुगलेजिनको ११ विकेट रहेको छ जो संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन्। जमैका बिरुद्ध ३ विकेट लिएपछि रायद इमृट १० विकेट सहित तेश्रो स्थानमा रहेका छन्।

प्रतियोगिता अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २३ रन खर्चेर १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध ८ रन खर्चेर २ विकेट, चौथो खेलमा गायना बिरुद्ध १२ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा बार्बेडोस बिरुद्ध १६ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दिपको बलिंग कस्तो रह्यो 

सन्दिपको पहिलो ओभर : ७ रन ( १ , ० , ० , ४ , १ , १ )

खेलको १२ औं ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपलाई तेश्रो बलमा निक केलीले स्विप गर्दै चौका प्रहार गरे। ओभरमा सन्दिपले ३ वटा सिंगल दिए भने २ बल डट फाले।

सन्दिपको दोश्रो ओभर : १० रन ( २ , १ , ० , ० , ६ , १ )

१४ औं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपलाई पाँचौ बलमा इभिन लुइसले स्लग स्विप गर्दै डिप मिडविकेटमा छक्का प्रहार गरे। ओभरको छैठौं बलमा सन्दिपले गरेको गुगलीमा पुनः ठुलो सट खेल्ने क्रममा लुइसको ब्याटको माथिल्लो किनारा लागेको थियो तर विकेट किपर भन्दा पछाडी बल पुग्दा सन्दिप विकेट पाउन चुके।

सन्दिपको तेश्रो ओभर :  २ रन खर्चेर १ विकेट ( १ , ० , ० , १ , विकेट , ० )

तेश्रो ओभरमा उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले अन्ततः इभिन लुइसको विकेट लिएर छाडे। लंग अनमा ठुलो सट खेल्ने क्रममा उनि क्याच आउट भए। २१ रन बनाएका लुइसको विकेट पछि जमैका खेलमा पूर्णत हावी बनेको थियो। ओभरमा सन्दिपले ३ वटा डट बल गरे र मात्र २ रन खर्चिए।

सन्दिपको चौथो ओभर :  ८ रन खर्चेर १ विकेट ( ६, विकेट, २ , ०, ० , ० )

१८ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्न आएका सन्दिपलाई पहिलो बलमै इश सोढ़ीले छक्काले स्वागत गरे। सन्दिपको गुगलीलाई उनले स्लग स्विप गर्दै काउ कर्नरमा छक्का प्रहार गरे। तर त्यस लगत्तै बलमा सन्दिपले सोढ़ीलाई गुगलीमै बोल्ड गर्दै दोश्रो विकेट लिए। पुनः स्लग स्विप गर्न खोजेका सोढ़ीले बल पूर्णत मिस गरे र बोल्ड भए। ओभरमा उनले मात्र ८ रन खर्चिए र स्पेल अन्त्य गरे।  ४ ओभरमा सन्दिपले २७ रन खर्चेर २ विकेट लिए।

यो पनि पढ्नुस :-

CPL : पोलार्डले अपत्यारिलो ब्याटिंग गर्दा ट्रिनबागोको सनसनीपूर्ण जित

IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

पितालाई ‘ब्रेन क्यान्सर’ भएको खबर पछि १ हफ्ता सुत्न सकेका थिएनन् स्टोक्स

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]