CPLT20 : जमैकाको दोश्रो जितमा मुजिब उत्कृस्ट, सन्दिपको लय कायमै

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा गायना अमेजन वारियर्सलाई ५ विकेटले पारजित गर्दै जमैका तलावाजले दोश्रो जित दर्ता गरेको छ।

लिग अन्तर्गत जमैकाले पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेपछि दोश्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग ७ विकेटले तथा तेश्रो खेलमा गायनासंग १४ रनले पराजित भएको थियो। जितपछि जमैका र गायनाको समान ४ अंक भएता पनि नेट रन रेटको आधारमा गायना तेश्रो र जमैका चौथो स्थानमा रहेको छ। गायनाले ५ खेलमा २ जित र ३ हार बेहोर्दा जमैकाले ४ खेलमा २ जित र २ हार बेहोरेको छ।

लिग अन्तर्गत जमैकाले आगामी खेल अगस्ट २७ तारिक बिहिबार नेपाली समय बिहान ३:१५ बजे बार्बेडोस ट्राइडेन्ट बिरुद्ध खेल्नेछ।

खेलमा टस हारेरपहिले ब्याटिंग गर्दै गायनाले दिएको १०९ रनको लक्ष्य जमैकाले ५ विकेट गुमाएर २ ओभर अगावै पुरा गर्यो।

मुस्किल अवस्थामा रसेल र बुनरको साझेदारी 

१०९ रनको लक्ष्य ठूलो नभएता पनि जमैकाले खराब सुरुवात गर्दै पहिलो ५ विकेट ६२ रनमा गुमाएपछि दबाबमा थियो। ग्लेन फिलिप्स २६, जर्माइन ब्ल्याकवुड २३, चाडविक वाल्टन १, असिफ अलि ३ तथा कप्तान रोभम्यान पावे २ रन बनाएर आउट भए।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका क्रुमाह बोनर र सातौँ नम्बरका आन्द्रे रसेलले त्यसपछि विकेट नगुमाई टिमलाई जित दिलाए। छैठौं विकेटको रुपमा दुवैले ५१ रनको साझेदारी गरे। रसेलले अविजित २३ रन बनाउदा २० बलमा १ चौका र २ छक्का तथा बोनरले अविजित ३० रन बनाउदा ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

गायनाको बलिंगमा नभिन उल हकले २ तथा इमरान ताहिर, आशमेड निड र किमो पौलले समान १/१ विकेट लिए।

विकेट लिए पछि फिडेल एड्वार्ड्सको खुसि, उनिसंगै मुजिबले ३ विकेट लिए

मुजिब र एड्वार्ड्सको शानदार बलिंग, सन्दिपको कन्जुस्याइँ जारि  

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा गायनाले २० ओभरमा ८ विकेट गुमाएर १०८ रन मात्र बनाउन सकेको थियो। रस टेलरले सर्वाधिक २३, नभिन उल हकले अविजित २० तथा निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य गायनाका ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अघिल्लो खेलमा पनि गायना बिरुद्ध मात्र १८ रन खर्चेका अफ स्पिनर मुजिबले पुनः ३ विकेट लिने क्रममा झनै उत्कृस्ट बलिंग गरे। प्लेयर अफ द म्याच चुनिएका उनले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ११ रन खर्चिए जुन क्रममा शिमरन हेटमायर, निकोलस पुरन र क्रिस ग्रिनको ठूलो विकेट लिए।

यस्तै फास्ट बलर फिडेल एड्वार्ड्सले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। एड्वार्ड्सले इनिंगको पहिलो बलमै गायना ओपनर ब्रान्डन किंगलाई बोल्ड गर्दै विकेटको खाता खोलेका थिए। उनले अर्का ओपनर एन्थोनी ब्राम्बललाई पनि पाँचौ ओभरमा आउट गरेका थिए।

नेपाली स्पिनर सन्दिप लामिछानेले १ विकेट लिने क्रममा कन्जुस्याइँपूर्ण बलिंग गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए।

सन्दिपको अर्को कन्जुस्याइँपूर्ण स्पेल 

नेपाली स्पिनर सन्दिप लामिछानेले आफ्नो राम्रो लयलाई निरन्तरता दिएका छन्। खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए। गायनाको योगफल ५०/३ रहेको अवस्थामा १० औं ओभरमा बलिंग गर्न आएका सन्दिपले स्पेलमा १६ वटा डट बल फाल्दै बिपक्षी टिमलाई निरन्तर दबाबमा राखे।

पहिलो ओभर : ३ रन ( ० , २ , १ , ० , ० , ० )

१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले ओभरमा ४ वटा डट बल राख्दै क्रिजमा जमीरहेका रस टेलर र निकोलस पुरनलाई सट खेल्ने मौका दिएनन्।

दोश्रो ओभर : ४ रन खर्चेर १ विकेट ( विकेट, वाइड, ० , ० , ० , १ , २ )

लगत्तै स्पेलमा बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमै १ रन बनाएका शरफेन रथरफोर्डलाई क्याच आउट गराए। अघिल्लो खेलमा पनि सन्दिपलेनै रथरफोर्डको विकेट लिएका थिए। सन्दिपको गुगलीलाई टर्नको विपरित खेले क्रममा ब्याटको माथिल्लो किनारा लाग्दै आसिफ अलि बाट क्याच आउट भए। ओभरमा सन्दिपले ४ रन खर्चेर १ विकेट लिए।

तेश्रो ओभर : १ रन ( ० , ० , १ , ० , ० , ० )

१४ औं ओभरमा झनै कसिलो बलिंग गर्ने क्रममा सन्दिपले ५ बल डट राख्दै मात्र १ रन खर्चिए। यस क्रममा उनले किमो पौल र गायना कप्तान क्रिस ग्रिनलाई बाँधेर राखे।

चौथो ओभर : ४ रन ( १ , २ , ० , ० , १ )

लगातार तेश्रो सिजन सिपिएल टि-२० खेलीरहेका सन्दिपलाई जमैकाले ९० हजार डलर तिरेर भित्र्याएको थियो। उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।

सन्दिपले जारि लिगमा आफ्नो विकेट संख्या ४ खेलमा ५ विकेट पुर्याएका छन्। यस अघि सन्दिपले सेन्ट लुसिया र ट्रिनबागो बिरुद्ध १/१ विकेट लिएका थिए भने तेश्रो खेलमा गायना बिरुद्ध कीर्तिमानी स्पेल गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए।

लगातार तेश्रो सिजन सिपिएल टि-२० खेलीरहेका सन्दिपलाई जमैकाले ९० हजार डलर तिरेर भित्र्याएको थियो। उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।

यो पनि पढ्नुहोस् :- 

मुजिब र एड्वार्ड्सको घातक बलिंगमा गायना १०८ मा सिमित , सन्दिपको राम्रो बलिंग

इंग्ल्यान्डको १० वर्षे प्रतीक्षा समाप्त, तेश्रो टेस्ट बराबरीमा टुंगियो,

६ सयौं विकेट लिंदै एन्डरसनको नयाँ विश्वकीर्तिमान

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

टि-२० र वानडे सिरिज खेल्न अस्ट्रेलियन टिम इंग्ल्यान्ड प्रस्थान, यस्तो छ खेल तालिका

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]