CPL : जमैकाको आठौँ खेल आज सेन्ट किट्स बिरुद्ध, सेमीफाइनल पुग्न यस्तो छ समीकरण

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित जमैका तलावाजले आफ्नो आठौँ खेलमा बिहिबार सेन्ट किट्स एन्डसंग प्रतिस्पर्धा गर्नेछ। दुवै टिम एक अर्का बिरुद्ध लिगमा दोश्रो पटक भेट भएका हुन्। अन्तिम पटक जमैकाले सेन्ट किट्सलाई ३७ रनले पराजित गरेको थियो।

अंकतालिकामा ८ खेल खेल्दा १ जित र ७ हार पछि २ अंकमात्र रहेको सेन्ट किट् पुछारमा रहेको छ। जमैका ३ खेल बाँकी रहंदा ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक सहित चौथो स्थानमा रहेको छ। लिग अन्तर्गत ट्रिनबागो, गायना र सेन्ट लुसियाले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। अब जमैका, बार्बेडोस मध्ये १ टिम सेमीफाइनल पुग्ने चौथो टोलि हुनेछ। सेन्ट किट्सलाई पराजित गरे जमैकाको सेमीफाइनल यात्रा सहज हुनेछ।

खेल : जमैका तलावाज VS सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स

मिति र समय : सेप्टेम्बर ३ , ७ :४५ बजे राति ( नेपाली समय ) , १० बजे बिहान ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका १ – ४ सेन्ट किट्स

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

सेन्ट किट्स टिम : क्रिस लिन, बेन डंक, इभिन लुइस, निक केली, सोहेल तन्भिर, इश सोढ़ी, शेल्डन कटरेल, दिनेश राम्दीन, रायड इमृट, इमरान खान, अल्जारी योसेफ, जोसुवा डी सिल्भा, डोमिनिक ड्रेक्स, कोलिन अर्चीबाल्ड, जोन रस , जमार ह्यामिल्टन

लिगमा जमैकाको हालसम्मको नतिजा  ( ७ खेलमा ३ जित र ४ हार )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

छैठौं खेल Vs सेन्ट किट्स – ३७ रनले विजयी 

सातौँ खेल Vsट्रिनबागो – १९ रनले पराजित 

सेन्ट किट्सको हालसम्मको प्रदर्शन ( ८ खेलमा १ जित र ७ हार ) 

पहिलो खेल Vs बार्बेडोस – ६ रनले पराजित

दोश्रो खेल Vs गायना – ३ विकेटले पराजित

तेश्रो खेल Vs सेन्ट लुसिया – १० रनले पराजित

चौथो खेल Vs बार्बेडोस –६ विकटले विजयी

पाँचौ खेल Vs सेन्ट लुसिया – ६ विकेटले पराजित

छैठौं खेल Vs जमैका – ३७ रनले पराजित 

सातौँ खेल Vs गायना – ७ विकेटले पराजित 

आठौँ खेल Vs ट्रिनबागो – १९ रनले पराजित 

सेमीफाइनल पुग्न जमैकालाई जित महत्वपूर्ण 

सेन्ट किट्स बिरुद्धको खेलमा जित हात पार्नु जमैकाको लागि सेमीफाइनल प्रवेश गर्न महत्वपूर्ण रहेको छ। ट्रिनबागो, गायना र सेन्ट लुसियाले सेमीफाइनलमा स्थान पक्का गरिसकेको र सेन्ट किट्स सेमीफाइनल रेसबाट बाहिरीसकेको हुँदा अब जमैका र बार्बेडोस मध्ये १ टिम सेमीफाइनल पुग्नेछ।

अब जमैकाले बाँकी ३ खेल सेन्ट किट्स, बार्बेडोस र सेन्ट लुसिया बिरुद्ध खेल्नेछ। जमैकाले ३ मध्ये २ खेलमा जित दर्ता गरे सेमीफाइनलमा स्थान बनाउनेछ। तर बार्बेडोसले आगामी दुवै खेलमा जित हात पार्ने र जमैकाले ३ मध्ये १ खेल मात्र जित हात पारेको खण्डमा जमैका रबार्बेडोस मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। त्यसैले जमैकाले आजको खेल जित्ने हो र बार्बेडोसले बाँकी २ खेल मध्ये १ खेलमा हार बेहोर्ने हो भने जमैका सेमीफाइनल पुग्नेछ।

जमैकाको लयमा रहेका २ खेलाडी 

१. ग्लेन फिलिप्स : प्रतियोगिताकै सर्वाधिक रनकर्ता फिलिप्सले ७ खेलमा ४१.३३ को स्ट्राइक रेटले २४८ रन बनाएका छन्। यस क्रममा २ अर्धशतक बनाएका न्युजिल्यान्डका दायाँ हाते विकेटकिपर ब्याट्सम्यानले सेन्ट किट्स बिरुद्ध अघिल्लो खेलमा अविजित ७९ रन बनाएका थिए। ओपनिंग ब्याटिंग गर्दै लामो समय क्रिजमा जम्न सक्ने फिलिप्सले सेन्ट लुसिया बिरुद्ध ४४, ट्रिनबागो बिरुद्ध पहिलो खेलमा ५८ तथा दोश्रो खेलमा ४१ रन बनाएका थिए।

ग्लेन फिलिप्स र सन्दिप लामिछाने

२. सन्दिप लामिछाने : लिगमा शानदार लयमा रहेका नेपाली गुग्ली ब्वाईले ७ खेलमा १० विकेट लिईसकेका छन्। लिगकै चौथो सर्वाधिक विकेटकर्ता सदिपले यस क्रममा ४.८५ प्रतिओभर रन खर्चेका छन्। लिगमा सन्दिप पाँचौ सबैभन्दा किफायती बलर हुन्। सन्दिपले लिगमा गायना, बार्बेडोस र सेन्ट किट्स बिरुद्ध खेलमा २/२ विकेट लिएका थिए। गायना बिरुद्ध खेलमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए जुन जारि लिगकै तेश्रो किफायती स्पेल हो।

सेन्ट किट्सको लयमा रहेका २ खेलाडी 

रायद इम्रीट : टिम असफल भएता पनि सेन्ट किट्सका कप्तान रायद इम्रिट सर्वाधिक विकेटकर्ताको सूचीमा ८ खेलमा १० विकेट लिएर सन्दिप लामिछाने, राशिद खान र केस्रिक विलियम्ससंगै संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। यस क्रममा दायाँ हाते फास्ट बलरले जमैका बिरुद्ध अघिल्लो खेलमा ३ विकेट लिएका थिए।

रायद इम्रीट र इभिन लुइस

इभिन लुइस : बायाँ हाते ब्याट्सम्यान लुइसले ८ खेलमा २५ को औशतले २०२ रन बनाएका छन्। सर्वाधिक रनकर्ताको सूचीमा उनि आठौँ स्थानमा रहेका छन्। १३२ को स्ट्राइकमा ब्याटिंग गरेका लुइसले बार्बेडोस बिरुद्ध सर्वाधिक ८९ रन बनाएका थिए।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/guyana-into-semi-wn20-cplt20/

https://wicketnepal.com/can-head-coach-10-pad-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/hafeez-eng-beat-pak-wn20/

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/ganguly-about-ipl-viewership-wn20/





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]