CPL T20 : गायना बिरुद्ध सन्दिपको जमैका टस जितेर बलिंग गर्दै

करेबियन प्रिमियर लिग  ( सिपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले तेश्रो खेलमा क्रिस ग्रिन कप्तानीको गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ।

ट्रिनिडाड एण्ड टोबागो स्थित ब्रायन लारा स्टेडियममा नेपाली समय १२ बजे सुरु हुने खेलमा जमैका तलावाजले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ। नेपाली स्पिनर सन्दिप लामिछाने अन्तिम-११ मा रहेका छन्।

लिग अंकतालिकामा जमैका र गायनाले समान २ खेलमा १ जित र १ हार बेहोर्दै २ अंक बटुलेको छ। नेट रन रेटमा गायना अघि रहँदै तेश्रो र जमैका चौथो स्थानमा रहेको छ।

पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको जमैकाले शुक्रबार बिहान ट्रिनबागो नाइट राइडर्ससंग भने ७ विकेट हार बेहोरेको थियो। गायना पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्ससंग ४ विकेटले पराजित भएपछि दोश्रो खेलमा गायनाले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

जमैकाको अन्तिम ११ :- चाडविक वाल्टन, ग्लेन फिलिप्स, रोभम्यान पावेल, असिफ अलि, कार्लोस ब्राथवेट, आन्द्रे रसेल, फिडेल एडवार्ड्स, सन्दिप लामिछाने, मुजिब उर रहमान, ओशेन थोमस, क्रुमाह बोनर 

गायनाको अन्तिम ११ :- ब्रेन्डन किंग, चन्द्रपौल हेमराज, शिमरन हेटमायर, रोस टेलर, निकोलस पुरन, शरफेन रुथरफोर्ड, किमो पौल, क्रिस ग्रिन ( कप्तान ) , नभिन उल हक, अशमेड निड, इमरान ताहिर

सम्बन्धित :- 

CPL T20 : सन्दिप सम्मिलित जमैकाको तेश्रो खेल आज क्रिस ग्रिन कप्तानीको गायना बिरुद्ध

CPL T20 : सेन्ट किट्सको लगातार तेश्रो हार, नाबीको अलराउण्ड प्रदर्शन

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

दोहोरो शतकसंगै क्रलेले बटलरसंग बनाए साझेदारीको नयाँ रेकर्ड

क्यानद्वारा २३ पुरुष राष्ट्रिय क्रिकेटर सहित ५० जनाको कोरोना बीमा

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा

खेलाडीको तलब निकासा गर्न क्यानले आईसीसीलाई खेलाडीहरुको सुची पठायो

१४ वर्ष अघि : नेपालले २ बलमै खेल जित्दै चकित बनाएको थियो





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]