CPLT20 : सन्दिप सम्मिलित जमैका सेमीफाइनलमा, बार्बेडोस बाहिरियो

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत शुक्रबार बिहान सम्पन्न लिगको २६ औं खेलमा गायना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गरेको छ। ट्रिनिडाड स्थित ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बार्बेडोसले दिएको ९० रनको लक्ष्य गायनाले १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। शिमरन हेटमायरले अविजित ३२, चन्द्रपौल हेमराजले २९ तथा रस टेलरले अविजित १६ रन बनाउदै गायनालाई जित दिलाए। बार्बेडोसको बलिंगमा कप्तान जेसन होल्डरले २ तथा मिचेल स्यान्टनर र रेमन रिफरले १/१ विकेट लिए।

गायनाको लागि इमरान ताहिर ( ४-०-१२-३ ) र रोमारियो शेफर्ड ( ४-१-२२-३ ) ले समान ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा बार्बेडोसले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन बनाएको थियो। गायनाको लागि इमरान ताहिर ( ४-०-१२-३ ) र रोमारियो शेफर्ड ( ४-१-२२-३ ) ले ३/३ विकेट तथा क्रिस ग्रिन र केभिन सिन्क्लेयरले १/१ विकेट लिए। कमजोर ब्याटिंग गरेको बार्बेडोसको लागि मिचेल स्यान्टनर र निम योंगले सर्वाधिक समान १८ रन योगदान दिए।

बार्बेडोस सेमीफाइनल रेसबाट बाहिर, जमैका सेमीफाइनलमा 

डिफेन्डिङ च्याम्पियन बार्बेडोस लिगको सेमीफाइनल रेसबाट बाहिरिएसंगै जमैका तलावाज २ खेल बाँकी रहँदै सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ। बार्बेडोससंगै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स पनि सेमीफाइनल पुग्न असफल भएको छ। बार्बेडोसले ९ खेल खेल्दा २ जित र ७ हार पछि ४ अंक मात्र रहेको छ। जमैकाको २ खेल बाँकी रहंदा ७ अंक भएकोले अब बार्बेडोसले आगामी खेल जिते पनि जमैकालाई जित्न असम्भव भएको हो। गय राति जमैका र सेन्ट किट्स बीचको खेल वर्षाले नतिजाविहिन भएपछि दुवै टिमले १/१ अंक बाँडेका थिए। 

जमैकाले सेमीफाइनलमा को संग खेल्नेछ 

सेमीफाइनलमा पहिलो स्थानमा रहँदै ट्रिनबागो नाइटराइडर्स, गायना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैकाले स्थान पक्का गरेको छ।

लिगको पहिलो सेमीफाइनल सेप्टेम्बर ८ मा अंकतालिकाको पहिलो स्थानमा रहने टिम ( ट्रिनबागो ) र चौथो स्थानमा रहने टिम बीच खेलिनेछ। दोश्रो सेमीफाइनल सेप्टेम्बर ९ तारिक बिहान अंकतालिकामा दोश्रो र तेश्रो हुने टिम बीच खेलिनेछ।

अब जमैकाले पहिलो सेमीफाइनलमा ट्रिनबागोसंग खेल्ने सम्भावना धेरै देखिएको छ। यदी सेन्ट लुसियाले अब खेल्न बाँकि दुवै खेलमा हार बेहोर्ने हो र त्योसंगै जमैकाले दुवै खेल जित्ने हो भने जमैका लिगको तेश्रो स्थानमा उक्लदै ट्रिनबागोसंग सेमीफाइनल खेल्नबाट बच्न सक्छ। जमैकाले अब शनिवार राति १२ बजे सेन्ट बार्बेडोससंग तथा आइतबार राति १२ बजे सेन्ट लुसियासंग खेल्ने तालिका रहेको छ।

लिगमा अब बाँकी खेलहरु :-

सेप्टेम्बर ५ : ट्रिनबागो Vs सेन्ट लुसिया

सेप्टेम्बर ५ : जमैका र Vs बार्बेडोस ( १२ बजे राति )

सेप्टेम्बर ६ : सेन्ट किट्स Vs ट्रिनबागो

सेप्टेम्बर ६ : सेन्ट लुसिया Vs जमैका ( १२ बजे राति )

पहिलो सेमीफाइनल : सेप्टेम्बर ८ ( अंकतालिकामा पहिलो र चौथो )

दोश्रो सेमीफाइनल : सेप्टेम्बर ९ ( अंकतालिकामा दोश्रो र तेश्रो )

फाइनल : सेप्टेम्बर १०

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/can-head-coach-10-pad-wn20/

https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/

https://wicketnepal.com/malinga-not-to-play-ipl-wn20/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]