CPL T20 : सन्दिपको टिम जमैकाको चौथो खेल गायना बिरुद्ध ( सम्पूर्ण जानकारी )

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले चौथो खेलमा क्रिस ग्रिन कप्तानीको गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। गायनासंग लगातार दोश्रो पटक जमैका खेल्न लागेको हो। आइतबार बिहान सम्पन्न खेलमा गायनाले जमैकालाई १४ रनले पराजित गरेको थियो। 

लिगको पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेता पनि जमैकाले त्यसपछि लगातार २ हार बेहोर्ने क्रममा ट्रिनबागो नाइट राइडर्ससंग ७ विकेटले तथा गायना अमेजन वारियार्ससंग १४ रनले पराजित भएको थियो। अर्कोतर्फ गायनाले पनि सोमबार बिहान सम्पन्न खेलमा सेन्ट लुसियासंग १० रनको हार बेहोर्न पुग्यो जसपछि ४ खेल खेल्दा उसको २ हार र २ जित भएको छ।

लिग अंकतालिकामा ३ खेलमा १ जित र २ हार पछि जमैका चौथो तथा ४ खेलमा २ जित र २ हार पछि गायना तेश्रो स्थानमा रहेको छ। अंकतालिकामा ६ टिम मध्ये सबैले एकअर्का बिरुद्ध २/२ खेल खेलीसकेपछि उत्कृस्ट हुने ४ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

खेल : जमैका तलावाज VS गायना अमेजन वारियर्स

मिति र समय : अगस्ट २६, बिहान ३:१५ बजे ( नेपाली समय ) , ५:३० बजे बेलुका ( स्थानीय समय )

मैदान : क्विन्स पार्क ओभल, स्टेडियम, ट्रिनिडाड एन्ड टोबागो

अन्तिम ५ खेल : जमैका १ – ४ गायना

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गरिरहेको छ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

कस्तो छ जमैका

टिमको हिसाबले हेर्दा जमैका सन्तुलित देखिन्छ।  आन्द्रे रसेल, कार्लोस ब्राथवेट, असिफ अलि, चाडविक वाल्टन, ग्लेन फिलिप्स, रोभम्यान पावेल जस्ता ब्याट्सम्यानहरुले ब्याटिंग क्रम मजबुत छ। यस्तै बलिंगमा स्पिनरद्वारा सन्दिप लामिछाने र मुजिब उर् रहमानको तथा फिडेल एडवार्ड्सको उपस्थिति रहेको छ। ब्राथवेट, रसेल जस्ता खेलाडीहरुको अलराउण्ड क्षमताले टिममा सन्तुलन दिएको छ।

जमैकाको अहिलेसम्मको प्रदर्शन ( ३ खेलमा १ जित र २ हार )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटको जित

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

जमैकाको उच्च लयमा रहेका २ खेलाडी :- 

१. ग्लेन फिलिप्स : जमैकाका ओपनर दक्षिण अफ्रिकी क्रिकेटर फिलिप्सले ३ खेलमा १०२ रन बनाएका छन् र प्रतियोगिताकै धेरै रन बनाउने सुचीमा पाँचौ स्थानमा रहेका छन्। विकेटकिपर ब्याट्सम्यानले सेन्ट लुसिया बिरुद्ध ४४ तथा ट्रिनबागो बिरुद्ध ५८ रन बनाएका थिए भने गायना बिरुद्ध खाता नखोली आउट भएका थिए। आक्रामक ब्याटिंग गर्ने दायाँ हाते ब्याट्सम्यान फिलिप्सको लय बिपक्षीको लागि खतरनाक सावित हुनसक्छ।

जमैकाका अफस्पिनर मुजिब उर् रहमान र ओपनर ग्लेन फिलिप्स उच्च लयमा रहेका छन्

२. मुजिब उर् रहमान : ३ खेलमा ६ विकेट लिईसकेका अफगानी अफ स्पिनर मुजिब बिपक्षी टिमको लागि निकै मुस्किल बलर सावित भइरहेका छन्। विकेट मात्र हैन उनले ३ खेलमा १२ ओभर बलिंग गर्दा मात्र ४.६६ को उत्कृस्ट इकोनोमिले बलिंग गरिरहेका छन्। गायना बिरुद्ध अघिल्लो खेलमा १८ रन खर्चेर ३ विकेट लिएका उनले ट्रिनबागो बिरुद्ध १३ रन खर्चेर १ विकेट तथा सेन्ट लुसिया बिरुद्ध २५ रन खर्चेर २ विकेट लिएका थिए।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

कस्तो छ गायना

चन्द्रपौल हेमराज, ब्रेन्डन किंग, शिमरन हेटमायर, रस टेलर जस्ता ब्याट्सम्यानहरु रहेको गुएनाको ब्याटिंग लगातार सिपिएलमा राम्रो प्रदर्शन गर्दै आएका निकोलस पुरनको उपस्थितिले अझै बलियो छ। अल-राउन्डर किमो पौल, शरफेन रथरफोर्ड रहेको टिमलाई अस्ट्रेलियन स्पिनर क्रिस ग्रिन र दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरको उपस्थितिले बलियो बनाउछ।

गायनाको अहिलेसम्मको प्रदर्शन ( ४ खेलमा २ जित र २ हार )

पहिलो खेल Vs ट्रिनबागो – ४ विकेटले पराजित

दोश्रो खेल Vs सेन्ट किट्स – ३ विकेटले विजयी

तेश्रो खेल Vs जमैका – १४ रनले विजयी

चौथो खेल Vs सेन्ट लुसिया – १० रनले पराजित

गायनाको उच्च लयमा रहेका २ खेलाडी :- 

शिमरन हेटमायर : प्रतियोगिताकै सर्वाधिक रनकर्ता हेटमायरले ४ खेलमा २ वटा अर्धशतक बनाउदै ४६ को औशत र १५० को स्ट्राइक रेटमा १३८ रन बनाएका छन्। बायाँ हाते वेस्टइन्डिज क्रिकेटरले पहिलो खेलमा ट्रिनबगो बिरुद्ध अविजित ६३ तथा दोश्रो खेलमा सेन्ट किट्स बिरुद्ध ७१ रन बनाएका थिए। तर अन्तिम २ खेलमा जमैकासंग उनि खाता नखोली तथा सेन्ट लुसियासंग ४ रन बनाएर आउट भएका थिए। २४ वर्षीय ब्याट्सम्यान लयमा आए आफ्नै दममा खेल जिताउने सामर्थ्य राख्छन्।

गायनाका लेग स्पिनर इमरान ताहिर र माथिल्लो क्रमका ब्याट्सम्यान हेटमायर उच्च लयमा छन्

इमरान ताहिर : दक्षिण अफ्रिकी अनुभवी लेग स्पिनर ताहिरले ४ खेलमा ८ विकेट लिईसकेका छन् र लिगको दोश्रो सर्वाधिक विकेटकर्ता समेत हुन्। सेन्ट लुसियाका स्कट कग्लेजिन ४ खेलमा १० विकेट लिंदै शिर्ष विकेटकर्ता हुन्। ताहिरले ६.६२ प्रतिओभर रन खर्चदै १२को स्ट्राइक रेटमा विकेट लिईरहेका छन्। यस क्रममा ४२ वर्षीय दक्षिण अफ्रिकी स्पिनरले पहिलो खेलमा ट्रिनबागो बिरुद्ध ४० रन खर्चेर २ विकेट, दोश्रो खेलमा सेन्ट किट्ससंग १८ रन खर्चेर २ विकेट, तेश्रो खेलमा जमैका बिरुद्ध २६ रन खर्चेर १ विकेट तथा तेश्रो खेलमा सेन्ट लुसिया बिरुद्ध २२ रन खर्चेर ३ विकेट लिएका थिए।

गायना अमेजन वारियर्स टिम : इमरान ताहिर, निकोलस पुरन, ब्रेण्डन किंग, रस टेलर, सिमरन हेटमायार, क्रिस ग्रिन, किमो पौल, शरफेन रथरफोर्ड, रोमारियो शेफर्ड, नभिन उल हक, चन्द्रपौल महाराज, केभिन सिन्क्लेर, एहमद निड, ओडेन स्मिथ, एन्थोनी ब्राम्ब्ल, जस्दिप सिंह, किसोनदथ मगरम

सन्दिप लामिछानेको हालसम्म प्रदर्शन :-

लिगमा सन्दिपले धेरै विकेट लिन नसकेता पनि मध्यम ओभरमा रन रोक्दै बिपक्षी टिमलाई दबाब बनाउने र महत्वपूर्ण साझेदारी तोड्ने काम गरिरहेका छन्। ३ खेलमा ४ विकेट लिएका नेपाली खेलाडीले अघिल्लो खेलमा गायना बिरुद्ध मात्र ८ रन खर्चेर २ विकेट लिंदै नयाँ व्यक्तिगत किर्तिमान तथा सिपिएल इतिहासकै सातौँ किफायती स्पेल दर्ता गरेका थिए।

सन्दिपले गत खेलमा गायना बिरुद्धनै ८ रन खर्चेर २ विकेट लिंदै नयाँ व्यक्तिगत किर्तिमान बनाएका थिए

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

लिगमा जमैकाको खेल तालिका :- अगस्ट २७ : Vs बार्बेडोस ट्राइडेन्ट ( ३:१५ बजे बिहान ) , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति ) , सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती ) , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती ) , सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति ) , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

यो पनि पढ्नुस :-

आश्विन-मांकड विवाद फेरी चर्चामा, ब्याट्सम्यानलाई ‘फ्री हिट’ जस्तै बलरलाई पनि ‘फ्री बल’ दिनु पर्ने आश्विनको धारणा

ENGvPAK : हार जोगाउन पाकिस्तानको संघर्ष

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

CPL : सेन्ट लुसियाको रोमान्चक जित, पोलार्डको ट्रिनिडाडको अपराजित यात्रा

टि-२० र वानडे सिरिज खेल्न अस्ट्रेलियन टिम इंग्ल्यान्ड प्रस्थान, यस्तो छ खेल तालिका

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]