IPL : ‘बुम्राह विश्वकै सर्वोत्कृष्ट टि-२० बलर हुन् जोसंग खेल्न उत्साहित छु’ प्याटीन्सन

२०७७ भाद्र ३१, बुधबार १४:३९

आईपीएल टिम मुम्बई इन्डीएन्सका अस्ट्रेलियन खेलाडी जेम्स प्याटीन्सनले जस्प्रित बुम्राह विश्वकै उत्कृस्ट टि-२० बलर भएको र उनिसंग आईपीएलमा एकै टिमबाट खेल्न उत्साहित रहेको बताएका छन्। आईपीएल सेप्टेम्बर १९ देखि सुरु भएर नोभेम्बर १० सम्म चल्नेछ।

“व्यक्तिगत रुपमा विश्वकै उत्कृस्ट बलरहरुसंग काम गर्न पाउनु गजबको अवसर हो। पक्कै पनि, बुम्राह सम्भवतः विश्वकै उत्कृस्ट टि-२० बलर हुन्। बोल्टि ( ट्रेन्ट बोल्ट ) पनि टिममा छन् ।त्यसैले मेरो लागि यी खेलाडीहरुसंग खेल्नु उत्कृस्ट अनुभव हुनेछ।”  प्याटीन्सनले मुम्बई इन्डीएन्सले पोस्ट गरेको भिडियोमा बताएका छन्।

२६ वर्षीय दायाँ हाते फास्ट बलर बुम्राहले मुम्बईको लागि अहिलेसम्म ७७ खेल खेलेका छन् जसमा कुल ८२ विकेट लिएका छन्। ७ रन दिएर ३ विकेट लिनु उनको सर्वोत्कृष्ट प्रदर्शन हो। लिगमा उनले ७.५५ रन प्रतिओभर खर्चेर बलिंग गरिरहेका छन्। गत सिजन बुम्राहले १६ खेलमा १९ विकेट लिएका थिए। टि-२० अन्तर्राष्ट्रिय वरियतामा १२ औं स्थानमा रहेका बुम्राह वानडे वरियतामा दोश्रो स्थान तथा टेस्ट वरियतामा नवौं स्थानमा रहेका छन्।

प्याटीनसन मालिंगाको प्रतिस्थापनको रुपमा मुम्बई टिममा भित्रिएका हुन्

युएईमा खेलेको अनुभव बारे पनि प्याटीन्सनले बताएका छन् –

“मैले युएईमा यस अघि पनि केहि वानडे अन्तर्राष्ट्रिय खेलेको छु, त्यसैले मसंग यहाँ खेलेको अनुभव छ।” प्याटीन्सनलाई मुम्बईले टिमका लेजेन्ड बलर लासिथ मालिंगाको सट्टा टिममा अनुबन्ध गरेको थियो। आईपीएलका सर्वाधिक विकेटकर्ता बलर मालिंगाले व्यक्तिगत कारणले टिमबाट नाम फिर्ता लिएका थिए।

युएईको पिचको बारेमा कुरा गर्दै प्याटीन्सनले बताए – “यहाँको विकेट सुक्खा छ जहाँ प्रतियोगिता भर तिन वटा मैदान प्रयोग हुनेछ। त्यसैले मलाई लाग्छ प्रतियोगिता अघि बढ्दै गर्दा विकेट ढिलो हुनुको साथै बल तल पनि बस्न सक्नेछ।”

“मलाई लाग्छ प्रतियोगितामा बलरहरुले स्लोअर बलको निकै प्रयोग गर्नेछन्।” ३१ वर्षी दायाँ हाते फास्ट बलरले बताए।

पहिलो पटक आईपीएल खेल्न लागेका प्याटीन्सनले अस्ट्रेलियाको लागि २१ टेस्ट, १५ वानडे र ४ वटा टि-२० खेलीसकेका छन्। त्यसक्रममा उनले क्रमश ८१, १६ र ३ विकेट लिएका छन्। अन्तिम पटक उनले अस्ट्रेलियाको लागि यसै वर्ष जनवरीमा न्युजिल्यान्ड बिरुद्ध टेस्ट खेलेका थिए। टि-२० अन्तर्राष्ट्रिय भने उनले अन्तिम पटक २०१२ मा वेस्टइन्डिज बिरुद्ध खेलेका थिए।

यो पटक कोभिड-१९ का कारण भारतको सट्टा आईपीएल युएईमा आयोजना गरिएको हो। पूर्व निर्धारित तालिका अनुसार आईपीएल २९ मार्च देखि सुरु हुनु पर्ने थियो तर प्रतिकूल परिस्थितिका कारण लिग उक्त समयमा स्थगित गर्नुपरेको थियो।

लिग अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईले सेप्टेम्बर १९ मा चेन्नाई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय ७:४५ बजे बेलुका सुरु हुनेछ।

सम्बन्धित :-

‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

“४५ डिग्रीमा तापक्रममा खेल्नु चुनौतीपूर्ण” बोल्ट

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL : मुम्बई क्याम्पमा के गर्दै छन् सचिनका छोरा अर्जु तेन्दुलकर ?

यो पनि :-

ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान

IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy