जेमीसनले किन मानेनन् नेट्समा ड्युक्स बलले बलिंग गर्न कोहलीको अनुरोध

एउटै टिमबाट आईपीएल खेलीरहेको किन नहोस्, रोयल च्यालेन्जर्स बैंगलोरका फास्ट बलर कायल जेमीसनले आफ्नो कप्तान बिराट कोहलीलाई नेट्समा ड्युक्स बलले बलिंग गर्ने अनुरोधलाई नकारेका छन्।

बैंगलोर अलराउण्डर ड्यान क्रिस्चियनले यो कुराको खुलासा गरेका हुन्। जेमीसन जसलाई १५ करोड भारतीय रुपैयाँमा बैंगलोरले किनेको थियो उनले आफुसंग केहि ड्युक्स बल पनि संगै लिएर भारत पुगेका छन्। जब बैंगलोर कप्तान कोहलीले जेमीसनलाई नेटमा ड्युक्स बलले बलिंग गर्न आग्रह गरे तब न्युजिल्यान्ड फास्ट बलर कोहलीको चतुर्याइँमा फसेनन्।

उक्त प्रसंग सम्झदै क्रिस्चियनले बताए “हामि यहाँ आएको पहिलो साताको कुरा हो। जब हामि ३ जना नेट्सपछि टेस्ट क्रिकेट बारे कुरा गरिरहेका थियौं तब चतुर्याइँपूर्वक कोहलीले आग्रह गरेका थिए।”

“बिराटले जेमीसनलाई सोधेका थिए कि ड्युक्स बलले कतिको बलिंग गरेका छौ ?”

“त्यसपछि जेमीसनले बताए कि ‘हो म संग यहाँ केहि बलहरु छ र म यहाँबाट जानु अघि बलिंग गर्नुपर्छ।’ ”

“त्यसपछि बिराटले भने – ‘त्यसो भए तिमिले मलाई नेटमा बलिंग गर्नुपर्छ”

“त्यसपछि जेमीको अवस्था यस्तो थियो ‘कुनै मौका छैन तिमिलाई बलिंग गर्ने। ड्युक्स बलबाट मेरो रिलिज पोइन्ट देखि मैले गर्ने सबै कुरा उनले नियाल्नेछन्,’ (मुस्कुराउँदै)” क्रिस्चियनले युट्युब च्यानल ग्रेड क्रिकेटर्समा कुराकानी गर्ने क्रममा प्रसंग बताएका हुन्।

गत वर्ष भारतको न्युजिल्यान्ड टुरमा जेमीसनले भारतीय ब्याट्सम्यानलाई सताएका थिए

भारतले गत वर्ष सुरुवातमा न्युजिल्यान्ड भ्रमण गर्दा कोहल लगायत भारतीय ब्याट्सम्यानलाई जेमीसनले निकै सताएका थिए। उक्त टुरमा खेलिएको दुई वटा टेस्टमा जेमीसनले ९ विकेट लिएका थिए। त्यस क्रममा जेमीसन दोश्रो टेस्टमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए। उक्त सिरिजमा दायाँ हाते पेसरले बिराट कोहली लगायत भारतीय माथिल्लो क्रमका ब्याट्सम्यानहरुको विकेट लिएका थिए। भारत बिरुद्ध सिरिजमा सोहि प्रदर्शनका कारण जेमीसनले आईपीएल अक्सनमा ठुलो मूल्य पाएका थिए।

जुनमा भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल आयोजना हुँदैछ। त्यस अघि न्युजिल्यान्डका मुख्य पेसर जेमीसन बिराट कोहलीलाई नेटमा ड्युक्स बलले बलिंग गर्ने गल्ति पक्कै गर्नेछैनन्। इंग्ल्यान्डमा हुने टेस्ट म्याचमा ड्युक्स बल प्रयोग हुने गर्छ जुन बलबाट फास्ट बलरले निकै मद्दत पाउने गर्छन्।

ड्यान क्रिस्चियनले उक्त अन्तर्वार्ताको क्रममा कोहली रोयल च्यालेन्जर्स बैंगलोर क्याम्पमा हुने मैदान बाहिरको गतिविधिमा निकै कम संलग्न हुने समेत खुलासा गरेका छन्।

“तपाई कोहलीलाई धेरै मैदान बाहिर गतिविधिमा देख्नुहुन्छ , धेरै कम मात्र देख्नुहुन्छ। उनि देखिएलान् पछि, किनकि मुख्य कुरा उनको परिवार हो जो सुरुवात देखि यहाँ उनिसंगै छ।”

क्रिस्चियनले टिममा एबि डी भिल्लीयर्स सबैभन्दा खुसि र विनम्र रहेको बताए  “एबि सबैभन्दा खुसि र विनम्र छन् , उनिसंग कसैको लागि कहिले पनि नराम्रो शब्द भन्नको लागि छैन तर पनि उनि सुरुवात देखि अन्तिमसम्म संगै हुन्छन्। म्याक्सी ( ग्लेन म्याक्सवेल ) पनि सुरुवात देखि अन्तिमसम्म रहन्छन्।” क्रिस्चियनले बताए।

लिगमा राम्रो सुरुवात गरेको बैंगलोर यो पटक पहिलो आईपीएल उपाधि जित्ने लक्ष्यको साथ अघि बढीरहेको छ। ( हिन्दुस्तान टाईम्स्बाट )

यो पनि पढ्नुस 

https://wicketnepal.com/ekai-over-ma-6-fours-pit-tips-wn21/

https://wicketnepal.com/ipl-m25-rep-wn21-dc-vs-kkr/

https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]