Nepal T20 : जनकपुर रोयल्सको जर्सी सार्वजनिक

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शुक्रबारदेखि त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने लिगका लागि जनकपुरले मंगलबार टोलीको कप्तान समेत घोषणा गरेको छ ।

जनकपुरले टोलीको कप्तानमा वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिनलाई नियुक्त गरेको हो । टिम घोषण र जर्सी सार्वजनिक कार्यक्रममा टोलीका प्रशिक्षक उमेश पटवालले जनकपुरको एउटै लक्ष लिग जित्नुरहेको बताए- ‘‘टोलीमा अनुभवी र राम्रा खेलाडी छन् । सबैको मिहेनतमा उपाधि जित्न चाहन्छौँ,’’

भारतीय प्रशिक्षक पटुवालले पुनः नेपाल आउन पाएकोमा खुसी समेत व्यक्त गरे । टोलीको मार्की खेलाडीमा नेपालका सोमपाल कामी छन् । सोमपाललाई टोलीको उपकप्तानको जिम्मेवारी पनि दिइएको छ । कप्तान ग्रिफिनले नेपालमा आएर पहिलो पटक क्रिकेट लिग खेल्न पाउनु आफ्ना लागि खुसीको क्षण भएको बताए । उनले कप्तान बन्न पाउनु थप खुसी र जिम्मेवारीको विषय भएको पनि बताए।

मार्की खेलाडी सोमपालले नेपालमा टी–२० लिग हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताए । उनले विदेशी खेलाडीसँग खेल्न पाउँदा प्रदर्शनमा समेत सुधार आउने बताउनुभयो । जनकपुरमा सोमपाल कामीसहित सन्दीप जोरा, आदिल आलम, दिलीप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी र खड्ग बोहरा छन्।

विदेशी खेलाडीहरूमा कप्तान ग्रिफिनसहित वेस्ट इन्डिजका चाडविक वाल्टन र केस्रिक वसलियम्स, श्रीलंकनका असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ र समिउल्लाह सेनवारी छन् । मंगलबारनै टोलीका मालिक गोविन्द खन्डेलवाल, प्रशिक्षक पटवाल, कप्तान ग्रिफिन, उपकप्तान सोमपाल कामीलगायतले जर्सी सार्वजनिक गर्नुभएको थियो ।

पुस २६ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । सोही दिन अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेड भिड्नेछन् ।

सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिइसकेको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने बताईएको छ ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]