Nepal T20 : वाल्टन र राजवंशी चम्किंदा जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो । विराटनगरले दिएको एक सय ४१ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । स्कोरकार्ड 

जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रन बनाए जुन क्रममा उनले ५५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ट्रेभोन ग्रिफिथले २५, शरफुदिन असरफले २३ र आदिल आलमले अविजित १० रन बनाए । बलिङमा विराटनगरका लागि नन्दन यादव, हुसेन तलात र रिजन ढकालले एक एक विकेट लिए ।

Lalit Rajbanshi

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिथमा एक सय ४० रन बनायो । जनकपुरका लागि सिकन्दर राजाले ३८ रन बनाए । रोहितकुमार पौडेलले ३२, हुसेन तलातले २८ र अर्जुन साउदले १८ रन बनाए । बलिङमा जनकपुरका ललित राजवंशीले पाँच विकेट लिए । उनले चार ओभरमा आठ रनमात्र खर्चिएर पाँच विकेट लिए । बलिङमा आदिल आलम र केशरिक विलियम्सले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

६ टोलीको सहभागिता रहेको लिग पुस ७ गतेसम्म चल्नेछ ।

शाहिदीको अलराउण्ड प्रदर्शनमा फार वेस्ट विजयी

फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । स्कोरकार्ड

फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रन बनाए । देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए । बलिङमा काठमाडौंका लागि अनिल खरेलले दुई अजमतुल्लाह उमरजाई, अविनाश बोहरा, रायन वर्ल र बसिर अहमदले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोस कार्कीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा फार वेस्टका लागि उमर अलिले तीन तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले दुई दुई तथा शेर मल्लले एक विकेट लिए । दुई खेल सकेको फार वेस्टले पहिलो जितसँगै दुई अङ्क बनाएको छ ।

पहिलो हार खेपेको काठमाडौंको पनि समान दुई अङ्क छ । आजै अर्को खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगमा विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछ ।





थप समाचार

सप्तरी प्राइड लिग-७ : राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सेमीफाइनलमा

सप्तरीको राजविराजमा जारि सातौँ सिजनको सप्तरी प्राइड लिग अन्तर्गत पाँचौ दिनको खेलहरु सम्पन्न भएका छन्। राजविराज राजदेवी रोयल्स र राजगढ […]

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]