एनपीएल : पोखरालाई पराजित गर्दै जनकपुरको लगातार तेश्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए ।

यस्तै खेलको प्लेयर अफ द म्याच समेत घोषित जेम्स निसमले अविजित ४० रन बनाए । न्युजिल्यान्ड क्रिकेटरले २० बलमा ५ छक्का प्रहार गरे । आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित १३ रन बनाए । बलिङमा पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिए । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]