जस्प्रित बुम्राहबारे क्लार्कको ठुलो भविष्यवाणी

२०७५ पुष १४, शनिबार २१:४२

  • विकेटनेपाल, पुष – १४ , शनिवार 

अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कले भारतीय बलर जस्प्रित बुम्राहबारे ठुलो भविष्यवाणी गरेका छन्।

भारत र अस्ट्रेलिया बीच जारि टेस्ट सिरिजमा भारतीय पेस बलरले उत्कृस्ट बलिङ्ग गरिरहेका छन्। मेलबर्नमा जारि तेश्रो टेस्टको दोश्रो इनिंगमा अस्ट्रेलियालाई १५१ मा सिमित गर्न ३३ रन खर्चेर ६ विकेट लिएपछि अस्ट्रेलियन पुर्व कप्तानले उनको तारिफ गर्दै भविष्यवाणी गरेका हुन्।

“बुम्राह छिट्टै क्रिकेटको तिन वटै फर्म्याटमा बिश्वकै नम्बर १ बलर हुनेछन्। कुनै पनि कप्तान र टिमको लागि बुम्राह गजबको खेलाडी हुन्। उनि दबाब र अपेक्षाको कारण दबाब महसुस गर्दैनन्। उनि सिक्न चाहन्छन् र अत्यन्त मेहनती छन्। धेरै समय लाग्ने छैन उनलाई बिश्वको उत्कृस्ट बलर बन्न।” क्लार्कले बताए।

दक्षिण अफ्रीकासंग यसै बर्ष जनवरीमा भारतको लागि डेब्यु गरेका बुम्राहले ९ टेस्टमा कुल ४५ विकेट लिईसकेका छन्। यस्तै एकदिवसीयमा ४४ खेलमा ७८ विकेट लिएका उनले टि-२० मा ४० खेलमा ४८ विकेट लिएका छन्।

क्लार्कसंगै भारतीय टिमका बलिङ्ग प्रशिक्षक भारत अरुणले पनि बुम्राहको प्रसंशा गर्दै उनको अत्यन्त फरक बलिङ्ग शैलीको कारण बिश्व क्रिकेटमा उनि मुस्किल बलर बनिरहेको बताएका छन्।

“बुम्राहलाई उनको फरक बलिङ्ग शैलीको कारण बिशेष बनाएको छ। मलाई लाग्छ उनको बल बुझ्न ब्याट्सम्यानहरुलाई सामान्य भन्दा केहि बढी समय लाग्छ। ”

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy