ओमानको जितमा जतिन्दरको शतक

ओपनर जतिन्दर सिंहको शतकीय इनिंग्स मद्दतले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गर्दै ओमानले विश्वकप लिग-२ मा १८ औं जित दर्ता गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पपुवा न्यु गिनीले दिएको २२५ रनको लक्ष्य ओमानले ४४.१ ओभरमा ३ विकेट क्षतिमा भेटायो।

ओमान ओपनर जतिन्दर सिंहले करियरको तेश्रो शतक बनाउने क्रममा अविजित ११८ रन बनाए जुन क्रममा ११६ बल खेल्दै १३ चौका प्रहार गरे। कप्तान खवर अलिले अविजित ५७ रन बनाए। जतिन्दर र खवरले चौंथो विकेटको लागि अविजित १७४ रनको साझेदारी गरे।

पपुवा न्यु गिनीका बलर सिमो कामियाले २ तथा नोर्मन भानुवाले १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ५० ओभरमा ९ विकेट क्षतिमा २२४ रन बनायो। उसको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९, लेगा सियाकाले ३० तथा राइली हेकुरेले २६ रन बनाए।

ओमान बलर बिलाल खानले ३ विकेट लिए भने फयाज बट र नेस्टर धाम्बाले २/२ विकेट लिए। कलेमुल्लाह र खवर अलिले १/१ विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो खेल पपुवा न्यु गिनी र स्कटल्याण्ड बीच बुधबार खेलिनेछ।

दुबईमा जारि ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी बीचको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा ओमान स्कटल्याण्डसंग ४ रनले पराजित भएको थियो भने पपुवा न्यु गिनी स्कटल्याण्डसंग १६२ रनले पराजित भएको थियो । पपुवा न्यु गिनीको लिग-२ मा १८ खेल खेल्दा यो सत्रौं हार हो।

विश्वकप लिग-२ अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy