क्यानका पुर्व अध्यक्ष जयकुमारनाथ शाहको निधन, यस्तो थियो योगदान

  • विकेटनेपाल, भदौ २१

नेपाल क्रिकेट संघका ( क्यान ) पुर्व अध्यक्ष जय कुमार नाथ शाहको ८९ बर्षको उमेरमा आज बिहान निधन भएको छ ।

सन् १९६६ साल देखि सन् २००६ सम्म ४० बर्ष क्यानको अध्यक्ष रहनुभएका शाहको कार्यक्रलमा नेपालले एसोसियट रास्ट्रको मान्यता पाएको थियो। आईसीसीले नेपाललाई सन् १९८८ मा एफिलिएट र सन् १९९६ मा एसोसिएट रास्ट्रको मान्यता दिएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ल्यान शाहले तात्कालिन समयमा ठुलै मेहनत गर्नुपरेको थियो ।

सन् २००४ मा शाहलाई आईसीसीले उनको योगदानको लागि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरको थियो । यस्तै सन् २००८मा  ममेरीलेबोन  क्रिकेट क्लब ( एमसीसी ) ले समेत उनलाई आजीवन सदस्यता दिंदै सम्मान गरेको थियो ।

मुटु रोगले धेरै अघि देखि ग्रसित शाहको नर्भिक अस्पतालमा निधन भएको हो। एकसाता अघि शाह आफ्नै निवासमा बाथरुममा लडेका थिए जुन क्रममा उनको टाउकोमा चोट लागेपछि अस्पताल लगिएको थियो ।

शाहलाई यसै महिना सम्पन्न नेपाल क्रिकेट संघको साधारण सभामा बिशेष सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बिशेस अतिथिको भूमिकामा समेत रहेका हुनले नेपाली क्रिकेटको वर्तमान अवस्था प्रति चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै उनले यसो भनेका थिए –

“म क्रिकेटर हु र क्रिकेटकै भाषा बोल्छु । अहिले म ८९ मा नटआउट छु र अर्को सालबाट नर्वस नाइन्टीमा प्रवेश गर्दैछु। संयोगले मैले नेपाल र भारत दुवै ठाउँमा खेल्दा उच्चतम ९६ मा आउट भए, हेरौं जिवनमा पनि ९६ मै बोल्ड हुने हो वा सेन्चुरी पुऱ्याउछु !”

क्रिकेट संघको अध्यक्ष हुनु अघि शाह क्रिकेट खेलाडी समेत थिए । फुटबल, टेबलटेनिस तथा हाइजम्पमा समेत राम्रो खेलाडी रहेका शाह भारतको राँचीमा बस्दा क्रिकेटसंग जोडिएका थिए ।

उनको निधनले नेपाली क्रिकेटकै सबैभन्दा पाका अभिभावक नेपाली क्रिकेटले गुमाएको छ ।

( सन्दर्भ श्रोत – इश्वरबाबु कार्की ( ट्विटर , अनलाइन खबर , विकिपेडिया ) फिचर फोटो – इश्वरबाबु कार्की , ट्विटर





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]