सनथ जयसूर्यालाई आईसीसीको गम्भीर आरोप

  • विकेटनेपाल, असोज ३० 

श्रीलंकन राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सनथ जयसूर्यालाई अन्तर्रास्ट्रिय क्रिकेट परिषद आईसीसीले भ्रस्टाचार निरोधि नियम ( ICC Anti-Corruption Code ) उल्लंघनको आरोप लगाएको छ।

आईसीसीले सोमबार प्रेस बिज्ञप्ति जारि गर्दै पुर्व स्टार क्रिकेटरलाई आईसीसीले लगाएको आरोपको जवाफ दिन १४ दिनको समय सिमा समेत तोकेको छ जसको समय अक्टोबर १५ देखि सुरु भइसकेको छ।

आईसीसीका अनुसार जयसूर्यले २ वटा नियमको उल्लंघन गरेका छन्। आईसीसीको नियम अन्तर्गत धारा २.४.६ र २.४.७ अन्तर्गत जयसूर्यालाई आरोप लगाईएको छ।

धारा २.४.६ अन्तर्गत उनलाई भ्रस्टाचार निरोधि नियम ( ICC Anti-Corruption Code ) को अनुसन्धानमा सहयोग नगरिएको आरोप लगाईएको छ। यस्तै २.४.७ अन्तर्गत उनलाई  भ्रस्टाचार निरोधि नियम को अनुसन्धानमा अवरोध र ढिलाई गरेको आरोप लगाईएको छ।

आईसीसीले बिज्ञप्तिमा अन्य कुरा भने खुलाएको छैन तर बिबिसी र क्रिकइन्फोका अनुसार सन् २०१७ को जिम्बाबेसंग श्रीलंकामा भएको एकदिवसीय सिरिजमा जिम्बाबे ३-२ ले बिजयी भएपछि उक्त सिरिजको खेलहरु संकाको घेरामा परेको थियो। सिरिज पछि आईसीसीले अनुसन्धानको लागि जयसूर्यासंग उनको मोबाइल फोन मागेको तर उनले व्यक्तिगत कारण भन्दै मोबाइल दिन अश्विकार गरेपछि जयसूर्यालाई आरोप लगाईएको हो।

आईसीसीले गरेको अनुसन्धानको दौरान जयसूर्या श्रीलंकन क्रिकेट टिमको अध्यक्ष थिए।

४९ बर्षिय श्रीलंकन क्रिकेट टिमका पुर्वकप्तान तथा पुर्व राष्ट्रिय क्रिकेट टिमका चयनकर्ता समेत रहीसकेका जयसूर्याले ११० टेस्ट, ४४५ वानडे तथा ३१ टि-२० खेलेका छन्। सन् १९८१ देखि सन् २०११ सम्म जयसूर्याले श्रीलंकाको लागि खेलेका थिए। एकदिवसीयमा २१ शतक बनाउनुको साथै र ३२३ विकेट लिएका उनले १३,४३० रन बनाएका छन् भने टेस्टमा १४ शतक बनाउनुको साथै ९८ विकेट लिएका उनले ६,९७३ रन बनाएका छन्।

Photo: THT

अन्तिम पटक जयसूर्याले नेपालसंग २०१५ अगस्टमा मलेसियामा भुकम्पको लागि राहत संकलन गर्न आयोजित खेलमा कप्तानी गर्दै खेलेका थिए। बिश्व -११ को लागि खेल्ने क्रममा उनले २ विकेट लिएका थिए भने ६ रन बनाएका थिए। जयसूर्याको विकेट अविनाश कर्णले लिएका थिए।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]