नेपालसंग खेल्ने एमसिसीको कप्तानी महेला जयबर्धनेले गर्ने

  • विकेटनेपाल, असार ६ – बुधबार

क्रिकेटको मक्का लर्ड्स क्रिकेट मैदानमा आयोजना हुन लागेको नेपाल, नेदरल्याण्ड र मेरिलेबन क्रिकेट क्लब(एमसीसी) बिचको त्रिकोणात्मक टि-२० शृंखलामा एमसिसीको कप्तानी पुर्व श्रीलंकन कप्तान महेला जयबर्धनेले गर्ने भएका छन्।

लर्ड्स क्रिकेट मैदानले सामाजिक संजालमा जानकारी दिंदै जयबर्धनेले कप्तानको जिम्मेवारी सम्हाल्ने घोषणा गरेको छ। जुलाई २९ तारिकमा एकै दिन नेपाल, नेदरल्याण्ड र एमसिसीले एकअर्का बिरुद्द १/१ टि-२० खेल खेल्दैछन्।

जयबर्धनेसहित स्कटल्याण्डका तिन खेलाडीहरु डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने भएका छन्। तिनैजना खेलाडीहरुले केहिदिन अगाडी एकदिवसीय बरियतामा शिर्ष स्थानमा रहेको इंग्ल्याण्डबिरुद्द जित निकाल्नेक्रममा स्कटल्याण्डको प्रतिनिधित्व गरेका थिए।

जयबर्धने श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडीहरुको सुचिमा तेस्रो नम्बरमा रहेका छन् भने टेस्ट क्रिकेट खेल्नेक्रममा सन् २००२ र २००६ मा लर्ड्स मैदानमानै शतक प्रहार गरेका थिए। त्यस्तै उनको योगदानको कदर गर्दै एमसिसीले सन् २०१५ मा आजीवन सदस्यबाट समेत सम्मानित गरेको छ।

सन् २०१४ को टि-२० विश्वकप बिजेता श्रीलंकन टिमका सदस्य समेत रहेका जयबर्धनेले १४९ टेस्टमा लगभग १२ हजार रन बनाएका छन् भने ४४८ एकदिवसीय खेलमा १२ हजार भन्दा धेरै रन र ५५ टि-२० मा करिब १५ सय रन बनाएका छन्। त्यस्तै उनले सबै फर्म्याटमा गरेर श्रीलंकाको लागि ५४ शतक समेत प्रहार गरेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy