को हुन् आईपीएलकै महँगो भारतीय फास्ट बलर जयदेब उनदकत

  • विकेटनेपाल, १४ माघ- आइतबार 

जयदेव उनदकत भारतको बेन्गलुरुमा जारि इन्डियन प्रिमियर लिग अक्सनमा बिक्ने सबैभन्दा महँगो भारतीय खेलाडी भएका छन्। उनदकत आईपीएल इतिहासकै महँगो भारतीय तिब्र गति बलर समेत बनेका छन्।

उनदकतलाई राजस्थान रोयल्सले ११.५ करोड भारतीय रुपैयाँमा खरिद गरेको हो। उनदकतलाई किन्न चेन्नाई सुपर किंग्स, किंग्स ११ पन्जाब र राजस्थान रोयल्सले बोलि लगाएको थियो। ११ करोडसम्म किंग्स ११ पन्जाबले बोलि लगाएपछि अन्तिममा राजस्थानले ११.५ करोड तिरेपछि उनदकत सर्बाधिक मूल्य पाउने भारतीय खेलाडी हुन पुगे।

आईपीएल अक्सनको दोश्रो दिन जारि रहंदा हालसम्म सबैभन्दा महगो मुल्य पाउने खेलाडी बेन स्टोक्स हुन् जसलाई राजस्थान रोयल्सलेनै १२.५ करोड मूल्यमा शनिबार खरिद गरेको थियो।

अक्सनमा हालसम्म धेरै मूल्य पाउने खेलाडीहरुमा केएल राहुल – ११ करोड ( किंग्स ११ पन्जाब ) , मनिष पाण्डे : ११ करोड ( सनराइजर्स हैदराबाद )  ,  क्रिस लिन : ९.६ करोड ( कोलकाता नाइट राइडर्स ) , मिचेल स्टार्क : ९.४ करोड ( कोलकाता नाइट राइडर्स ) , ग्लेन म्याक्सवेल : ९ करोड ( दिल्ली डेयर डेभिल्स ) ,  राशिद खान : ९ करोड ( सनराइजर्स हैदरावाद )  रहेका छन्।  यी हुन् महँगोमा बिक्ने क्रिकेटरहरु

को हुन् जयदेव उनदकत ? 

देब्रे हाते तिब्र गति बलर जयदेव उनदकत सन् २०१० को यु-१९ बिश्वकप पछि उदाएका क्रिकेटर हुन्। यु-१९ बिश्वकपको राम्रो प्रदर्शन पछि उनलाई कोलकाता नाइट राईडर्सलेले लिएको थियो। कोलकाताका बलिंग प्रशिक्षक वासिम आक्रमको प्रशिक्षणले निखारिएका उनदकतले भारतीय टिमको २०१० मा दक्षिण अफ्रीकासंग टेस्टमा डेब्यु गर्ने मौका पाएका थिए। सन् २०१३ मा उनले जिम्बाबेसंग हरारेमा एकदिवसीय र त्यसैबर्स वेस्ट इन्डिजसंग टि-२० मा डेब्यु गरेका थिए।

आईपीएलको अघिल्लो सिजन पुनेबाट खेलेका उनदकतले कुल २४ विकेट हात पार्दै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए। भुवनेश्वर कुमारले २६ विकेट लिएका थिए। उनदकतले १२ खेलमा उक्त विकेट लिएका थिए जुन क्रममा उनले मात्र ७.०२ को इकोनोमिले बलिंग गरेका थिए।

२०१७ मा राइजिंग पुने सुपरजायन्टले उनलाई ३० लाख भारुमा खरिद गरेको थियो। त्यस सिजन उनले सनराइजर्स हैदराबाद बिरुद्ध अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए। ब्याटिंगमा समेत योगदान गर्न सक्ने उनदकत घरेलु क्रिकेटमा राम्रो लयमा रहेका छन्।

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]