जयसूर्या, भास, हेराथ सहितको श्रीलंकन टिमसंग नेपालले सिरिज खेल्ने, पढ्नुस को-को हुनेछन् टिममा

  • विकेटनेपाल- चैत्र ९ 

नेपाल र श्रीलंका बीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६० औं बार्षिकोत्सबको अवसरमा नेपाली रास्ट्रिय क्रिकेट टिम र श्रीलंकाको रास्ट्रिय तथा भेट्रान खेलाडी मिश्रित टिमबीच काठमाडौँमा टि-२० क्रिकेट शृंखला आयोजना हुनेभएको छ l

पेरिविंकल सर्भिसको आयोजनामा हुन लागेको ३ वटा टि-२० खेलको सिरिजमा सहभागी हुन श्रीलंका क्रिकेट टिमका पुर्ब खेलाडीहरु कप्तान अरविन्द डी शिल्भा, सनथ जयशुर्या, चामिन्दा भास लगायत क्रिकेटरहरु आउने छन् भने वर्तमान टिमका रंगना हेराथ, उपुल थरंगा, डिल्शानमुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा पनि टिममा हुनेछन् l

श्रीलंकन टिमको कप्तानी श्रीलंकन पुर्बकप्तान अरविन्द डी शिल्भाले गर्नेछन् भने नेपाली टिमको कप्तानी पारस खड्काको टिमले गर्नेछ l नेपाली टिमको नाम गोर्खा राइनोज हुनेछ भने श्रीलंकन टिमको नाम लंकन लायन्स हुनेछ l

सीरिज अन्तर्गत ३ वटा टि-२० खेल बैशाख १४, १६ र १८ गते टियु क्रिकेट मैदानमा संचालन हुनेछ l


यस्तो हुनेछ श्रीलंका टिम – लंकन लायन्स

अरविन्द डी शिल्भा ( कप्तान ) सनथ जयसूर्या, चामिन्दाभास, रोमेस कालुविथर्ना, उपुलचन्दना, फरभेज माहरुफ, , दिलहारा फर्नान्डो, कौशल्या वैरारत्ने, उपुलथारंगा, रंगना हेराथ, डिल्शानमुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा

प्रतियोगितामा सहभागी हुने नेपाली टिमको छनौट क्रिकेट खेलाडी संघले गर्नेछ l

नेपाल क्रिकेट संघको प्राबिधिक सहयोग रहने प्रतियोगिताको सम्पूर्ण ब्यबस्थापन पेरिविंकल सर्भिसले गर्नेछ l प्रतियोगिताको खेलहरु हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ जसको मुल्य भने सार्बजनिक गरिएको छैन l

क्रिकेट व्यक्तित्वहरु सम्मानित हुने

प्रतियोगिताको समापनको अवसरमा नेपाली क्रिकेटमा योगदान पुर्याएका व्यक्तित्वहरुको सम्मान सेट गर्ने पेरिविंकल सर्भिसले बताएको छ l

नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ भने महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहिनक्रिकेट संघका अध्यक्षपवन घिमिरे, नेत्रहिन क्रिकेट टोलीका पुरुष कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आईसीसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिने बताईएको छ ।

प्रतियोगिताको प्रत्येक्ष प्रशारण एनटिभी प्लसले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो l

२ बर्ष अघिको योजना 

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको घोषणा कार्यक्रममा बोल्दै नेपाली टिमका कप्तान पारस खड्काले परीविंकलका कार्यकारी अधिकृत दिपेश घले आफ्नो मित्र रहेको र प्रतियोगिता गरुने योजना २ बर्ष अघि देखिको रहेको तर भूकम्प लगायत बिभिन्न समस्याहरुको कारण ढिला भएको बताएका थिए l

परीविंकलका कार्यकारी अधिकृत घलेले प्रतियोगिताको उद्देश्य नेपाली दर्शकलाई अन्तरास्ट्रिय स्तरको क्रिकेट देखाउने तथा नेपाली क्रिकेट टिमलाई बिस्वकप बिजेता खेलाडीहरुसंग प्रतिस्पर्धाको अनुभब दिलाउनु रहेको बताएका थिए l




थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]