बुमराह बने सर्वोत्कृष्ट खेलाडी

२०८१ असार १७, आईतवार ०८:३७

काठमाडौं । भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह आइसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४ दशमलब १७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy