काठमाडाैं । चौथो संस्करणको प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता कंचनपुर स्थित महेन्द्रनगरमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो संस्करणको प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता महेन्द्रनगरको खुला मञ्च र कभर्डहलको क्रिकेट मैदानमा हुने भएको हो।
मंगलबार राजधानीको बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २८ गते देखि कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता संचालन हुने राखेपका सदस्यसचिव केशव कुमार बिष्टले जानकारी जानकारी गराएका छन्।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरि ८ टोलिको सहभागिता रहने प्रतियोगिताको म्यानेजमेन्टको जिम्मेवारी पाएको महाकाली स्पोर्ट्सका अध्यक्ष सुमन भट्टले जानकारी गराएका छन् ।
नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ क्यान बिगत ३ बर्ष देखी निलम्बित भएको अवस्थामा हाल राष्ट्रिय खेलकुद परिषदले क्रिकेटलाई हेर्दै र प्रतियोगिता संचालन गरिरहेको छ । परिषदले विगत देखी नै महिलाहरुको घरेलु प्रतियोगिताका रुपमा प्रधानमन्त्री कपको आयोजना गर्दै आएको छ । यसअघि काठमाडौं, इटहरी र धनगढीमा प्रतियोगिताका तीन संस्करण आयोजना भएका थिए ।
प्रधानमन्त्री महिला क्रिकेट कपको बिजेता टोलिले पाँच लाख र उपविजेता हुने टोलीले तीन लाख पुरस्कार पाउदा प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले स्कुटर प्राप्त गर्ने परिषदका सदस्यसचिव केशबकुमार विष्टले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगिता आयोजना गर्न ८८ लाख खर्च लाग्ने महाकाली स्पोर्ट्स सोसाइटीले भट्टले जानकारी गराएका छन्।
प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदले ३५ लाख गर्दा बाकी ५३ लाख रुपैयाँ व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले रकम प्रायोजनमार्फत संकलन गर्ने प्रतियोगिताका डाइरेक्टर निरज मगरले बताएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको छ । महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्टले पत्रकार सम्मेलनमा बोल्दै आयोजना गर्न उत्साहित रहेको बताए-
‘पहिलोपटक प्रधानमन्त्री कप आयोजनाको जिम्मा पाउँदा हामी सम्पूर्ण कञ्चनपुरबासी उत्साहित भएका छौं,’ भट्टले भने, ‘महिला क्रिकेटलाई नयाँ आयाम र नयाँ उचाई दिने उदेश्यले प्रतियोगिता आयोजना गर्नेछौं।’ जिल्ला खेलकुद बिकास समितिको क्रिकेट मैदान र महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिताका लागि मैदान र पीच व्यवस्थापनको काम यथाशिघ्र चाडो शुरु गरिने भट्टले जानकारी गराएका छन्।