डीएल मेथडमा २ रनको जित निकाल्दै झापा सेमिफाइनलमा : मुख्य मन्त्रि कप टि-२० क्रिकेट

सुनसरीको इनरुवामा जारी प्रदेश १ स्तरीय मुख्य मन्त्रि कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ। बुधवार सम्पन्न खेलबाट झापा र सुनसरी सेमिफाइनलमा प्रवेश गरेसंगै प्रतियोगिताको शिर्ष-४ मा पर्ने टोलीको टुंगो लागेको हो।

६ टोली सम्मिलित प्रतियोगितामा झापा र सुनसरीसंगै मोरंग र उदयपुर समेत सेमिफाइनल प्रवेश गरेका छन्।

डीएल मेथडमा झापाको रोमान्चक जित :

बुधवार सम्पन्न समूह चरणको अन्तिम खेलमा समुह ” बि ” को झापाले सुनसरीलाई डीएल मेथडमा २ रनले पराजित गर्यो।

बर्षाका कारण १५ ओभरमा झारिएको खेलमा झापाले टस जित्दै ब्याटिंग रोजेको थियो। सुजन थपलियाले २९, मनोज तामांगले १५ र कप्तान अंकित सुबेदीले १२ रन बनाउंदा झापाले १३.४ ओभरमा सबै विकेट गुमाएर ८८ रन मात्र जोड्न सक्यो।

सुनसरीको बलिंगमा जोसेफ खड्काले ४ तथा भुपाल लुइँटेलले ३ विकेट हात पारे।

जवाफमा ८९ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको सुनसरीले ६ ओभरमा ३ विकेट गुमाएर ३२ रन जोड्दा बर्षा बाधक बनेपछि झापाले डीएल मेथडका आधारमा २ रनको जित दर्ता गर्यो। पराजित भएपनि सुनसरी समुह उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको छ।

झापाको बलिंगमा मनोज तामांगले २ विकेट हात पारे। खेलको प्लेयर अफ दि म्याच समेत मनोज तामांग घोषित भए।

प्रतियोगिताको फाइनल प्रवेशका लागि बिहिबार पहिलो सेमिफाइनलमा झापा र उदयपुर तथा दोस्रो सेमिफाइनलमा मोरंग र सुनसरी भिड्ने छन्।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समुहमा विभाजन गरिएको थियो। समूह “ए” मा उदयपुर, मोरंग र धनकुटा तथा समुह “बि” मा झापा, सुनसरी र इलाम रहेका थिए। दुबै समुहबाट शिर्ष २ मा पर्ने टोली अघिल्लो चरणका लागि छनोट भएका हुन्।

प्रदेश १ को आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद १ लाख तथा ट्रफी प्राप्त गर्ने छ। यस्तै उप-बिजेताले भने नगद ५०,००० मा चित्त बुझाउनु पर्नेछ।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]