आफ्नो कप्तानीमा पहिलो पटक ईपीएल उपाधि जितेपछि सोमपालले के भने

पहिलो पटक एभरेष्ट प्रिमियर लिगको उपाधि जितेपछि चितवन टाइगर्सका कप्तान सोमपाल कामिले आफ्नो टिमले समग्रमा राम्रो क्रिकेट खेलेको बताएका छन्। चितवनले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधि सहित ५० लाख रुपैयाँ आफ्नो बनायो। खेलमा टस जितेर फिल्डिंग रोजेको चितवनले पोखरालाई १११ रनमा समटेपछि ११२ रनको लक्ष्य चितवनले ६ विकेट क्षेतीमा २५ बल बाँकी रहँदै भेटायो। ब्याटिंगतर्फ भिम शार्कीले सर्वाधिक ६३ रन बनाए भने बलिंगमा कमल सिंह ऐरीले ४ तथा करिम जनत र सेक्कुगे प्रसन्नाले समान २ विकेट लिए।

खेलपछि सोमपालले खुसि व्यक्त गरे “एकदमै खुसि लागिरहेको छ, किनकि घरेलु खेलाडीहरुले बलिंग, ब्याटिंग र फिल्डिंगमा एकदमै राम्रो प्रदर्शन गर्यो। किनकि हाम्रो विदेशी खेलाडी आए पनि एउटा दुईवटा खेल जिताउने हो तर एउटा आधार घरेलु क्रिकेटरहरुले बनाएर दिए जुन मैले सोचेको पनि थिएँ।”

आफ्नो टिममा ठूला नामहरु नभएता पनि नाम भन्दा प्रदर्शन ठूलो रहेको सोमपालले बताए – “नाम भन्दा पनि प्रदर्शन ठूलो कुरा हो, एउटा कप्तानले आफ्नो खेलाडी माथि विश्वास गर्नु पर्छ जसले मलाई निराश पारेनन्। प्रदर्शन गरेर नाम बनाउने हो , कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल ठूलो नाम भैसकेका छन्।”

प्रत्येक खेलमा कुनै न कुनै खेलाडीले म्याच जिताउने प्रदर्शन गर्दा प्रतियोगितामा आफु सकारात्मक रहेको कामिले बताए – “प्रत्येक खेलमा एउटा महत्वपूर्ण घटना थियो, जस्तै आज दिलिपको क्याच भयो, अस्ति जोन्टि ( भिम ) को रन आउट भयो, कमल ऐरीको ब्याटिंग भयो, मेरो स्पेल भयो, त्यस्तो प्रत्येक खेलमा भैरहेको थियो त्यसले गर्दा म सकारात्मक थिएँ।”

सोमपालको नजरमा जितको पछाडीको कारण खेलाडीहरुले दिईएको जिम्मेवारी राम्रोसंग निभाउनु हो – “दबाब थियो तर योजना अनुसार अघि बढेका थियौं। पुलामीलाई विकेट नदिई अन्तिमसम्म सकाउने जिम्मेवारी थियो, कमलले विकेट लिंदा मैले रक्षात्मक बलिंग गरिरहेको थिएँ जुन साझेदारी महत्वपूर्ण थियो। हामीलाई यति थाहा थियो कि सुरुवात राम्रो भयो भने पछि स्पिनरहरुले राम्रो गर्न सक्छ भने। बलरहरुले साझेदारी राम्रो गरे र योजना अनुसार काम गरिरहेका थिए। खेलाडीहरुलाई भिजन दिएर पठाएको थियो जसमा उनीहरुले प्रदर्शन गरे।”

“सबै युवा खेलाडी थिए र मैले भनेको कुरा मान्थे, सबैमा केहि गर्ने भोक थियो जसले गर्दा सहज भयो।” सोमपालले थपे।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]