पहिलो टेस्टमा भारत जिततर्फ अग्रसर

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत  पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट जित्न २०९ रनको लक्ष्य पाएको भारतले राम्रो सुरुवात गरेको छ।

टेस्टको चौथो दिनको सम्पतिमा भारतले लक्ष्य पछ्याउने क्रममा ५२ रनमा १ विकेट गुमाएको छ। जितको लागि भारतलाई अझै १५७ रन आवस्यक रहेको छ। रोहित शर्मा र चेतेश्वर पुजारासंग १२ रन बनाएर क्रिजमा रहेका छन्। ३४ रनको ओपनिंग साझेदारी गरेपछि ओपनर केएल राहुल स्टुवार्ट ब्रोडबाट विकेटकिपरबाट क्याच आउट भए। राहुलले ३८ बलमा ६ चौका मद्दतले २६ रन बनाए।

यस अघि इंग्ल्यान्डले आफ्नो दोश्रो इनिंग्समा ३०३ रनमा सम्पूर्ण विकेट गुमाउदै भारतलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इंग्ल्यान्डको लागि कप्तान जो रुटले २१ औं टेस्ट शतक बनाउने क्रममा १७२ बलमा १४ चौका मद्दतले १०९ रन बनाए। रुटलाई जस्प्रित बुम्राहले विकेटकिपर रिशभ पन्त बाट क्याच आउट गराए। यस्तै स्याम करनले ३२, जोनी बेयरस्टोले ३०, डोमिनिक सिबलेले २८ तथा ड्यानियल लरेन्सले २५ रन योगदान दिए। रुटले तेश्रो विकेटको लागि सिबलेसंग ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ५ विकेट लिए जुन क्रममा १९ ओभरमा २ मेडन ओभर गर्दै ६४ रन खर्चिए। बुम्राहले टेस्टमा छैठौं पटक ५ विकेटको प्रदर्शन गरेका हुन्। मोहम्मद सिराज ( २५-३-८४-२ ) र शार्दुल ठाकुर ( १३-१-३७-२ ) ले समान २ विकेट तथा मोहम्मद शामीले १ विकेट ( १५.५.-१-७२-१ ) लिए।

टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १८३ रन बनाएको थियो भने भारतले पहिलो इनिंग्समा २७८ रन बनाउदै ९५ रनको अग्रता हाँसिल गरेको थियो।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]