जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर-एट क्रिकेट प्रतियोगिता आयोजना हुने

  • विकेटनेपाल, कार्तिक २४ – शनिबार 

सिन्धुपाल्चोकमा यही कार्तिक २९ गते देखि जिल्ला-स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर-एट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

पाँचपोखरी क्रिकेट क्लबले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरेको हो। कुल ९ टिम सहभागी हुने प्रतियोगिता कार्तिक २९ गते देखि सुरु हुने प्रतियोगिता मंसिर २ गतेसम्म संचालन हुनेछ।

सहभागी हुने ९ वटा टिमलाई २ वटा समुहमा बिभाजन गरेर खेलाईने आयोजकले बताएको छ। समूह ‘ए’ मा सिन्धु लायन्स, क्रिकेट क्लब बाह्रबिसे, थांगपाल्कोट क्रिकेट सर्कल  र हार्ट अफ भोटाङ रहेका छन्। यस्तै समूह ‘बि’ मा आयोजक पाँचपोखरी क्रिकेट क्लब, युनाइटेड मेलम्ची क्लब , राइजिङ्ग दुवाचौर, थाङपाल धाप क्रिकेट क्लब र भोताङ छ्वलिङ क्लब रहेका छन्।

प्रतियोगिताको बिजेता हुने टिमले ट्रफीसहित ५० हजार रुपैयाँ तथा दोस्रोले ३० हजार रुपैयाँ पाउने छन् । म्यान अफ दि सिरिज, बेष्ट ब्याट्सम्यान, बलर र म्यान अफ दि म्याचलाई समेत पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको उत्कृष्ट तीन खेलाडीलाई काठमाडौको वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडमीमा एक वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्था हुने प्रतियोगिताका संयोजक अजय कुमार धितालले जानकारी दिएका छन् ।

यस्तै एक उत्कृष्ट इमर्जिङ खेलाडीलाई नेक्सस क्रिकेट एकेडमीको तर्फबाट दिल्लीमा १ बर्ष निशुल्क प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई पाँचपोखरी थाङपाल गाउपालिकाले सहयोग गर्नेछ।

गत २०७२ को बिनासकारी भुकम्पमा निधन भएका पारा ओलम्पियन खेलाडी जित बहादुर खडकाको स्मृतिमा आयोजकले प्रतियोगिता आयोजना गरेको हो । स्वर्गीय खड्का पाँचपोखरी गाउँपालिकामा जन्मिएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]